2 years ago
September 16, 2022
चितवन (हाम्रो खेलकुद) – मनाङ एफसीलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ फुटबल क्लब चितवनमा जारी जारी इसुजु चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
नारायणगढको क्याम्पाचौरमा शुक्रबार पहिलो सेमिफाइनलमा मनाङलाई १–० ले पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो । एपिएफलाई जिताउन हरि कार्कीले गरेको गोल नै निर्णायक बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
५५औं मिनेटमा हरिले गोल गर्दै एपिएफलाई अग्रता दिलाए । एक गोलले पछि परेको मनाङले अन्त्यतिर केही आक्रमक खेल प्रस्तुत गरे पनि हार टार्न सकेन ।
खेलमा थप गरिएको अतिरिक्त समयको अन्तिम मिनेटमा मनाङ १० खेलाडीमा सीमित भयो । बिपक्षीका खेलाडीलाई फल गरेपछि रेफ्रीले मनाङका मिडफिल्डर पूजन उपरकोटीलाई रातो कार्ड दिए । एपिएफका सनिश श्रेष्ठ म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
एपिएफले अब उपाधिका लागि शनिबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा शुक्रबार त्रिभुवन आर्मी फुटबल क्लब र एभिनर एफसी क्यामरुन भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप असोज ३ गतेसम्म चल्नेछ । गोल्डकप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]