8 years ago
December 22, 2016
सातौं राष्ट्रिय खेलकुद
विराटनगर (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी सम्मिलित पश्चिमाञ्चल सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमै पराजित भएको छ । राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ र युवा स्ट्राइकर बिमल घर्तिमगर सम्मिलित पश्चिमाञ्चललाई मध्यमाञ्चलले २–१ ले हरायो ।
बिमल घर्तिमगर (फाइल तस्बिर)
धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको समूह ‘क’ को उद्घाटन खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चललाई २–१ ले हरायो । पुलिसका लागि सुमन लामा र बुद्ध लामाले गोल गरे पूर्वाञ्चलका लागि दीपक राईले गोल फर्काए । पहिलो हाफको १९ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए भने ३१ औं मिनेटमा बुद्धले दोस्रो गोल गरे । दोस्रो हाफको २४ औं मिनेटमा पुर्वाञ्चलका दिपकले फ्रि किकबाट गोल गरेका थिए ।
मध्यमाञ्चलका लागि निरबहादुर आले, रुमेश बर्तौला र श्याम बाबुले गोल गरे । दोस्रो हाफको १९ औं मिनेटमा निरबहादुरले मध्यमाञ्चलका लागि खाता खोले भने ३२ औं मिनेटमा रुमेशले गोलअन्तर दोब्बर पारे । ३९ औं मिनेटमा करिब ३० यार्डको दूरीबाट आकर्षक गोल गर्दै श्याम बाबुले मध्यमाञ्चलको जित अन्तर फराकिलो बनाए ।
शुक्रबार समूह ‘ख’ अन्तर्गत पहिलो खेल एपिएफ र मध्यपश्चिमाञ्चल तथा अर्को खेल आर्मी र सुदूरपश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबल जस्तै पुरुष फुटबल पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता रहेको छ ।
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]