8 years ago
December 22, 2016
सातौं राष्ट्रिय खेलकुद, महिला फुटबल
काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलका दुई अर्थहिन खेलमा सुदूर पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विजयी भएका छन् । सुनसरीको दुहबी रंगशालामा बिहीबार भएको समूह ‘क’ को खेलमा सुदूर पश्चिमाञ्चलले पश्चिमाञ्चललाई १–० ले हरायो । सुदूरपश्चिमाञ्चलका लागि सुशीला चौधरीले गोल गरिन् । खेलमा सुदूर पश्चिमकी हेमा चौधरी प्लेयर अफ दी म्याच घोषित भइन् ।
समूह ‘ख’ खेलमा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चललाई २–१ ले पराजित गर्यो । आशा शाहीले ३१ औं मिनेटमा गोल गर्दै मध्यपश्चिमाञ्चलाई १–० को अग्रता दिलाइन् । ५० औं मिनेटमा पूर्वाञ्चलकी मुना लावतीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा पु¥याइन् ।
मध्यपश्चमाञ्चलकी मन्जु चौधरीले ६२ औं मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरिन् । पराजित पूर्वाञ्चलकी मुना लावती प्लेयर अफ दी म्याच चुनिइन् । प्लेयर अफ दी म्याच दुवैले २ हजार रुपैयाँ प्राप्त गरे । बिहीबार खेल्ने चारै टोली यसअघि नै प्रतियोगितबाट बाहिरिसकेको छ ।
समूह ‘क’ बाट पुलिस विजेता र एपिएफ उपविजेता तथा समूह ‘ख’ त्रिभुवन आर्मी विजेता र मध्यमाञ्चल उपविजेताका रुपमा अघि बढिसकेका छन् । शुक्रबार हुने सेमिफाइनलमा पुलिस र मध्यमाञ्चल तथा आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुने स्थानिय संयोजनकर्ता दीलिप राईले जानकारी दिए ।
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]