2 years ago
September 16, 2022
एजेन्सी – इटालियन क्लब रोमाले युरोपा लिगमा सहज जित दर्ता गर्दा अर्काे इटालियन क्लब लाजियोले लज्जास्पद हार बेहोरेको छ ।
घरेलु मैदानमा रोमाले १० खेलाडीमा समेटिएको फिनल्यान्डको एचजेकेलाई ३–० ले पराजित गरेको हो । रोमाको सहज जितमा पाउलो डिबाला, लोरेन्जो पेलिग्रेनी र एन्ड्रिया बेलोट्टीले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।
रोमामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा नै एचजेके १० खेलाडीमा समेटिन पुगेको थियो । मिरो टिन्होले बेलोट्टीलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाएको थियो ।
एचजेके १० खेलाडीमा समेटिएपनि रोमाले त्यसको फाइदा दोस्रो हाफमा उठाउन सफल भयो । ४७औं मिनेटमा डिबालाले गोल गर्दै रोमालाई १–० को अग्रता दिलाए । उनले लोरेन्जो पेलिग्रेनीको पासमा गोल गर्न सफल भएका थिए । त्यसको दुई मिनेटपछि लोरेन्जो पेलिग्रेनीले गोल गर्दै रोमाको अग्रता दोब्बर पारे ।
६८औं मिनेटमा एन्ड्रिया बेलोट्टीले निकोलो जानिलोको पासमा गोल गर्दै रोमाको जित पक्का गरे । रोमाको यो पहिलो जित हो । यस जितसँगै रोमा दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
समान ३ अंक नै रहेपनि लुडोगोरेट्स राजग्राड दोस्रो स्थानमा छ । पराजित एचजेकेले अंकको खाता खोल्न सकेको छ । यही समूहको अर्काे खेलमा स्पेनिस क्लब रियल बेटिसले बुल्गेरियाको लुडोगोरेट्स राजग्राडलाई ३–२ ले पराजित गरेको छ ।
अर्काे खेलमा इटालियन क्लब लाजियोले डेनमार्कको मिट्जेल्यान्डसँग ५–१ को लज्जास्पद हार बेहोरेको छ । मिट्जेल्यान्डको जितमा पाउलिन्हो, सोरी कावा, इभान्डर फेरेइरा, गुस्ताव इसाकसेन र एरिकले गोल गरे । लाजियोका सेरगेज मिलिन्कोभिक साभिकले एक गोल फर्काए ।
अन्य नतिजा
एफसी सेरिफविरुद्ध म्यानचेस्टर युनाइटेड (०–२), फियोनुर्डविरुद्ध स्ट्रम ग्राज (६–०), मोनाकोविरुद्ध फेरेन्कभारोस (०–१), ओलम्पियाकोसविरुद्ध फ्रेइवर्ग (०–३), क्वारावागविरुद्ध नान्टेस (३–०), रियल सोसिडाडविरुद्ध ओमोनिया (२–१), ट्रावजोन्सपरविरुद्ध एफके क्रेभेना जेभेज्दा (२–१), बोडो/ग्लिम्टविरुद्ध एफसी जुरिच (२–१), ब्रागाविरुद्ध युनियन बर्लिन (१–०), डाइनामो किएभविरुद्ध एइके लारनाका (०–१), रियल बेटिसविरुद्ध लुडोगोरेट्स राजग्राड (३–२), रेनेसविरुद्ध फेनरवाच (२–२) र युनियन सेन्ट गिल्लोइसविरुद्ध माल्मो (३–२)
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]
December 17, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]