2 years ago
September 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा लगातार तेस्रो हार बेहोरेको छ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति नेपाल घरेलु टोली बहराइनसँग ६–० ले पराजित भएको हो ।बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले समान एक गोल गरे ।
खेलको २०औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै बहराइनलाई सुरुआती अग्रता दिलाए । सुमित श्रेष्ठ पेनाल्टी बक्सभित्र ह्याण्ड गरेपछि बहराइनले पेनाल्टीको अवसर पाएको थियो । २८औं मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटियो ।
४२औं मिनेटमा नसिरले गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा अब्दुलरहमानले गोल गर्दै बहराइनलाई पहिलो हाफमा ३–० ले अद्दि बढाए । ८३औं मिनेटमा अब्दुल्लाले गोल गर्दै बहराइन ४–० ले अघि बढ्यो ।
८८औं मिनेटमा अब्दुल्लाले व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई ५–० को अग्रता दिलाए । ९०औं मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६–० को सानदार जित दिलाए ।
यससँगै समूह ‘बी’ मा बहराइनले पहिलो जित निकाल्दै २ खेलमा ४ अंक जोडेको छ । लगातार तेस्रो हार बेहोरेको नेपाल अंकविहीन हुँदै पुछारमा रहेर छनोटबाट बाहिहिरएको छ । पहिलो खेलमा नेपाल भुटानसँग २–० ले तथा दोस्रो खेलमा कतारसँग ३–१ ले पराजित भएको थियो ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।
November 20, 2024
एजेन्सी – प्रशिक्षक पेप ग्वार्डिओला म्यानचेस्टर सिटीसँग सम्झौता एक वर्ष थप्न राजी भएका छन् । यद्दपी सिटीले सम्झौताका बारेमा बताउन नचाहेपनि विभिन्न श्रोतबाट ग्वार्डिओला अर्को एक वर्ष टोलीमा रहन सहमत भएको सन्चारमाध्यमले उल्लेख गरेका छन्। योसँगै स्पेनिस प्रशिक्षकको सिटी बसाई १० वर्ष पुग्नेछ।५३ वर्षे ग्वार्डिओला सन् २०१६ मा सिटीमा आबद्ध भएका थिए। उनको नेतृत्वमा टोलीले […]
November 20, 2024
एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वे बराबरी खेलेका छन् । उरुग्वे र ब्राजिललाई बुधवार बिहान भएको खेलमा १-१ को बराबरीमा खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । ५५औं मिनेटमा भाल्भेर्डेको गोलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । […]
November 20, 2024
एजेन्सी – लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पेरुलाई पराजित गरेसँगै फिफा विश्व कप २०२६ का लागि छनोट भएको छ । घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेलछि साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने गरेको हो । यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक पुगेको छ । १० टोलीको […]