default_image

2 years ago

September 14, 2022

म्यानचेस्टर सिटी र डर्टमुन्ड भिड्दै

145 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स पलग अन्तरगत समूह चरणको दोस्रो खेलमा घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुन्डको आतिथ्यता गर्दैछ ।

खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । सिटी घरेलु मैदानमा डर्टमुन्डलाई हराएर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

एर्लिङ ब्राउट हालान्ड पहिलोपटक आफ्नो पूर्व क्लब डर्टमुन्डविरुद्ध उत्रनेछ । हालान्ड यसै समरमा डर्टमुन्ड छाडेर सिटी आएका थिए । सिटीमा आएपछि पनि हालान्डले आफ्नो उच्च लयलाई निरन्तरता दिइरहेका छन् । हालान्डले यो सिजन सिटीका लागि ८ खेलमा १२ गोल गरिसकेका छन् ।

हालान्ड नै सिटीको लागि मुख्य हतियार हुनेछ । यसबाहेक सिटीसँग फिल फोडेन, बर्नाडो सिल्भा, इल्केए गुन्डोगान, रोड्री, केभिन डि ब्रुएना, सर्जियो गोमेज, रुवेन डियास, म्यानुयल एकान्जी, जोओ क्यान्सेलो र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।

यता, डर्टमुन्ड पनि बलियो सिटीलाई पराजित गर्दै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । टोलीसँग एन्थोनी मोडेस्टे, जियोभानी रेना, मार्काे रिउस, जुलियन ब्रान्ड, जुडे बेलिङघम, निकलस सुल, राफयल गुइरेइरो, थोमस मुनिएर र गोलरक्षक एलेक्सान्डर मेयर रहेका छन् ।

यि दुई टोली हालसम्म सातपटक आमाने–सामाने हुँदा ३ खेल डर्टमुन्डले जितेको छ । दुई खेल सिटीले आफ्नो पक्षमा पार्दा दुई खेल बराबरीमा सकिएको छ । पछिल्लो दुवै खेलमा सिटीले समान २–१ को जित निकालेको छ । यही समूह ‘जी’ को अर्काे खेलमा एफसी कोपेनहेगनले सेभियासँग खेल्दैछ ।

अन्य खेल
समूह ‘ए’ – रेन्जर्सविरुद्ध नेपोली (राति १२ः४५ बजे)
समूह ‘ई’ – एसी मिलानविरुद्ध डिनामो जाग्रिव (राति १०ः३० बजे) र चेल्सीविरुद्ध साल्जवर्ग (राति १२ः४५ बजे)
समूह ‘एफ’ – साख्तर डोनेस्कविरुद्ध सेल्टिक (राति १०ः३० बजे) र रियल म्याड्रिडविरुद्ध आरबी लाइप्जिग (राति १२ः४५ बजे)
समूह ‘जी’ – एफसी कोपेनहेगनविरुद्ध सेभिया (राति १२ः४५ बजे) र म्यानचेस्टर सिटीविरुद्ध बोरुसिया डर्टमुन्ड (राति १२ः४५ बजे)
समूह ‘एच’ – युभेन्ट्सविरुद्ध बेन्फिका (राति १२ः४५ बजे) र मकावी हाइफाविरुद्ध पिएसजी (राति १२ः४५ बजे)

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.