2 years ago
September 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू१५ महिला साफका लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट गरेको छ ।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छनोटबाट ४० खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको हो । यू१५ महिला साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा आगामी नोभेम्बर १ देखि १२ सम्म हुँदैछ ।
एन्फाले यू–१५ टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई नियुक्त गरिसकेको छ ।
प्रारम्भिक टोली
सविता मण्डल (रौतहट), वर्षा ओली (कैलाली), सिमरन राई (झापा), अमिता भुल (कैलाली), सन्जी थिङ (सर्लाही), जोत्सिनेका मरासिनी (स्याङ्जा), सिवांगी स्नेही (कैलाली), रेणु लिम्बु (झापा), पुनम चेम्जोङ (पाँचथर), अस्मिता खवास (सर्लाही), साधना थापा (सर्लाही), सेनु परियार (नवलपुर), रीना नेपाली (चितवन), रेविका नेपाली (काठमाडौं), प्रेरणा डोल्मा लामा (सर्लाही), सुक्रिया मिया (स्याङ्जा), विपना स्नेही (कैलाली), अञ्जना पुन मगर (दाङ), अभानी सिंह (काठमाडौं), संगीता अधिकारी (सुर्खेत), मनिषा सेन (गुल्मी), सुशीला केसी (चितवन), डिकी स्याम्बो (काठमाडौं), सुमिना थापा (काठमाडौं), सीता रोकाया (कैलाली), दिपा मगर (उदयपुर), भूमिका बुढाथोकी (कैलाली), दिपा रोकाया (कैलाली), दिलमाया घिसिङ (बारा), निर्मला आचार्य (कैलाली), भावना परियार (स्याङ्जा), पुष्पा सेन (कञ्चनपुर), समीक्षा मगर (उदयपुर), यशोदा बोहरा (बर्दिया), अनिशा विक (चितवन), सुजाता तामाङ (चितवन), झरना डुमरकोटी (काठमाडौं), सानीमाया स्याङ्तान (सर्लाही), राधिका ओली (दाङ) र रुपा धिमाल (मोरङ)
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]