default_image

2 years ago

September 13, 2022

मनाङ एफसी चितवन गोल्डकपको सेमिफाइनलमा

127 views

0 Bookmark

सुशिल पन्त, चितवन

मनाङ एफसी चितवनमा जारी इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका सर्लाहीलाई सडन डेथमा हराउँदै मनाङले सेमिफाइनलमा स्थान बनाएको हो ।

मनाङ एफसी र बागमतीबीच सोमबार भएको खेल ।

सोमबार निर्धारित समयको खेल १–१ गोलको बराबरी टुंगिएर पर्याप्त प्रकाश नभएका कारण स्थगित खेल मंगलबार टाइब्रेकर मात्र गराउने गरि स्थगित भएको थियो । टाइब्रेकरमा मनाङले बाजी पार्यो ।

टाइब्रेकरमा ४–४ बराबरीपछि खेल सडन डेथमा खेलको निर्णय आएको थियो । बागमतीको आयुष राना मगरको प्रहार गोलरक्षक अशोक बरालले रोकेपछि मनाङ सेमिफाइनल पुगेको हो । सडन डेथमा मनाङका लागि अमिर श्रेष्ठले गोल गरेका थिए ।

त्यसअघि टाईब्रेकरमा मनाङका पुजन उपरकोटी, शिव गुरुङ, एकराज बुढाथोकी र कमल श्रेष्ठले गोल गर्दा कप्तान रुपेश केसीको प्रहार बागमतीका गोलरक्षक मनोज प्रधानले रोके । बागमतीका प्रितम स्याङ्बो, इमान लामा, अबिनाश स्याङ्तान र अनिल राना मगरले गोल गर्दा सुमन चाम्लिङ राईको प्रहार आकाशियो ।

सोमबार पहिलो हाफमा बागमतीले आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो । २६ औं मिनेटमा मनाङका प्रवेश बुढाथोकीले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे । दोस्रो हाफको २० औं मिनेटमा फोफानाले मनाङका लागि बराबरी गोल फर्काए । खेलको म्यान अफ दि म्याच घोषित भएका मनाङका फोफाना १० हजार रुपैयाँ प्राप्त गरे ।

एभिनर एफसी क्यामरुन र फर्साटिकर एफसीबीच मंगलबार दिउँसो ४ दोस्रो क्वार्टरफाइनल खेल हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा नारायणगढको क्याम्पा चौरमा जारी गोल्डकप विजेताले ७ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार प्राप्त गर्नेछ ।

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 30, 2024

चितवन लिगमा एष्ट्रल र सौराहाको बराबरी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आइतबार एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले बराबरी खेलेका छन् । भरतपुर ७ कृष्णपुर मैदानमा भएको समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे […]

Success

Thank you for your time.