2 years ago
September 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर निशा थोकरले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेकी छिन् । श्रीलंकाविरुद्ध खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै उनले डेब्यु गरेकी हुन् ।
घरेलु फुटबलमा एपिएफबाट खेल्दै आएकी निशाले ७५ औं मिनेटमा पुनम जर्घा मगरको स्थान लिएकी हुन् । उमेर समूहमा नेपालका लागि विभिन्न टोलीबाट खेलेकी उनी यसअघि नै राष्ट्रिय टोलीमा रहेकी थिइन् । तर उनले साफ च्याम्पियनसिपमा सोमबार डेब्यु गर्ने अवसर पाएकी हुन् ।
रौतहटकी निशाले लामो समय स्थानीय प्रदेश टोलीबाट नै राष्ट्रिय लिग खेल्दै आएकी थिइन् । उनी पछिल्लो तीन सिजनयता भने एपिएफबाट खेल्न थालेकी हुन् ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]