default_image

2 years ago

September 12, 2022

नेपालको ८ मिनेटमा ३ गोल!

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमै फराकिलो अग्रता लिएको छ ।

नेपालले खेलको १७ मिनेटमै ३ गोलको अग्रता लिइसकेको छ । नेपालका लागि रश्मीकुमारी घिसिङ, सरु लिम्बु र अमृता जैशीले गोल गरेका हुन् । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमै आरामदायी अग्रता लिन सफल भयो । नेपालले ८ मिनेटको अन्तरमा ३ गोल गरेको हो ।

खेलको आठौं मिनेटमा अनिता बस्नेतको पेनाल्टी बक्स बाहिरको प्रहार गोलरक्षकले बचाए । लगत्तै नवौं मिनेटमा रश्मीकुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता लिन सफल भयो । हीरा कुमारी भुजेलको क्रसलाई रश्मीले हेडरमार्फत जाली चुमाइन् ।

११औं मिनेटमा सरु लिम्बुको गोलबाट नेपालले अग्रता दोब्बर पार्यो । अमृता जैशीको क्रसलाई सरुले हेडरमार्फत गोल गरिन् । १७औं मिनेटमा अमृता जैशीले गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् । उनले अनिता बस्नेतको कर्नरलाई हेडरमार्फत गोल गर्दै फराकिलो अग्रता बनाइन् ।

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

Success

Thank you for your time.