default_image

2 years ago

September 12, 2022

श्रीलंकाविरुद्ध नेपाली टोलीमा २ परिवर्तन

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपालले आज श्रीलंकाको सामना गर्दैछ । साँझ ५:३० बजे सुरु हुने खेलका लागि नेपाली टोलीले पछिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेको छ ।

फरवार्ड सावित्रा भण्डारीलाई डेंगी संक्रमण भएपछि उनी आज विश्राममा छिन् । उनको स्थानमा रश्मीकुमारी घिसिङले सुरुवाती ११ मा स्थान पाएकी छिन् । त्यस्तै अमिशा कार्कीको स्थानमा रेखा पौडेलले सुरुवात गर्दैछिन् । भुटानविरुद्ध दोस्रो हाफमा रेखाले नै अमिशाको स्थान लिएकी थिइन् ।

टोलीको गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बा नै छिन् । डिफेन्समा हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर र अमृता जैशी निरन्तर छन् । मिडफिल्डमा अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही र अनिता केसीले खेल्नेछन् । आक्रमण रेखा र रश्मीको जोडीले सम्हाल्नेछ ।

टोलीकी फिजियो नविना श्रेष्ठ वैद्यले सावित्रालाई डेंगी संक्रमण भएको जानकारी दिइन् । ‘सावित्रालाई डेंगी लागेको छ । उनको स्वास्थ्य स्थिति राम्रो छ तर रिपोर्ट पोजेटिभ आएको हो । आजको खेल विश्राम गर्नेछिन् ,’ उनले जानकारी दिइन् । सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेंगी लागेको छ ।

महिला राष्ट्रिय टोलीमा यसअघि विंगर मन्जली कुमारी योन्जनलाई पनि डेंगी संक्रमण भएको थियो । भुटानविरुद्ध पहिलो खेलको दिन ज्वरो आएपछि उनलाई विश्राम दिइएको थियो । भोलीपल्ट उनलाई संक्रमण देखिएको थियो । मन्जली सोमबार पनि अस्पतालमै छिन् । उनलाई मंगलबार डिस्चार्ज गर्ने तयारी भएको छ ।

सावित्राको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी टिम होटेलमै छिन् । उनले श्रीलंकाविरुद्ध खेलमा भने खेल्ने छैनन् । सावित्राले पहिलो खेलमा २ गोल गरेकी थिइन् ।

नेपालले समूहको पहिलो खेलमा भुटानलाई ४-० ले हराउँदै सुखद सुरुवात गरेको थियो । भुटानले त्यसपछि दोस्रो खेलमा श्रीलंकालाई ५-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । आजको खेलमा जित वा बराबरीले नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । २ गोल अन्तरको हारले पनि नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.