default_image

2 years ago

September 12, 2022

फुटबलमा आजै नेपालको तीन खेल

280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीन फरक टोलीले आज अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । सिनियर महिला टोलीले घरेलु मैदानमा महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दा पुरुषतर्फ यू-१७ र यू-२० टोली पनि मैदानमा उत्रनेछन् ।

दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप २०२२ को समूह बी को अन्तिम खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा भुटानविरुद्ध ४-० को जित दर्ता गर्दै बलियो स्थितिमा छ । भुटानले दोस्रो खेलमा श्रीलंकालाई ५-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । अब आजको खेलले समूहको समिकरण पूरा गर्नेछ ।

नेपालले जित वा बराबरीको नतिजा निकाले समूह विजेता बन्नेछ । श्रीलंकाले सेमिफाइनलमा स्थान बनाउन नेपाललाई ५ गोलको अन्तरले हराउनु पर्नेछ । नेपाल २ गोलको अन्तरले हार्दासम्म पनि समूह विजेता नै बन्नेछ । जित वा बराबरीले पनि नेपाल समूह विजेताको रुपमा अघि बढ्नेछ ।

आज नै साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले घरेलु टोली श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ८:१५ बजे सुरु हुनेछ । समूह बीमा भुटान र भारतलाई पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । भुटानमाथि २-१ को जित दर्ता गरेको नेपालले अन्तिम खेलमा भारतलाई ३-१ ले हराएको थियो ।

नेपालले एएफसी यू-२० च्याम्पियनसिप २०२३ को छनोटमा आज कतारसँग पनि खेल्दैछ । बहराइनको अल मुहारक रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको ११:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा भुटानसँग २-० ले पराजित भएपछि नेपालले खराब सुरुवात गरेको छ । कतार प्रतियोगितामा पहिलो खेल खेल्दैछ ।

खेल तालिका :

साँझ ५:३० बजे – छैटौं महिला साफ च्याम्पियनसिप – नेपाल विरुद्ध श्रीलंका

रातको ८:१५ बजे – साफ यू-१७ च्याम्पियनसिप – नेपाल विरुद्ध श्रीलंका

रातको ११:४५ बजे – एएफसी यू-२० च्याम्पियनसिप छनोट – नेपाल विरुद्ध कतार

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.