default_image

2 years ago

September 11, 2022

बायर्न रोकियो, डर्टमुन्डको हार

120 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगमा बायर्न म्युनिख बराबरीमा रोकिदा बोरुसिया डर्टमुन्डले हार बेहोरेको छ । बायर्न घरेलु मैदानमा भीएफबी स्टुटगार्टसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नले दुई पटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । घरेलु टोलीका म्याथिस टेल र जमल मुसिएलाले गोल गर्दा स्टुटगार्टका क्रिस फुरिच र सेरोउ गुइरासीले बराबरी गोल फर्काए ।

खेलको ३६औं मिनेटमा म्याथिस टेलको गोलबाट बायर्नले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले अलफन्सो डाभिसको पासमा गोल गर्न सफल भएका थिए । ५२औं मिनेटमा सेरोउ गुइरासीले गोल गरेपनि भिएआरबाट मान्यना नपाउँदा स्टुटगार्ट बराबरीबाट चुक्यो ।

तर, ५७औं मिनेटमा क्रिस फुरिचले कोन्सटानटिनोस माभ्रोपानोसको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । स्टुटगार्टको बराबरी तीन मिनेट पनि टिकेन । ६०औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए ।

जिततर्फ ढल्किएको बायर्न अन्तिम समयमा सम्हालिन नसक्दा पेनाल्टीमा गोल खाएपछि बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सेरोउ गुइरासीले पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

यो बराबरीसँगै बायर्न ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । स्टुटगार्ट ५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

अर्काे खेलमा डर्टमुन्ड घरेलु टोली आरबी लाइप्जिगसँग ३–० ले पराजित भएको छ । लाइप्जिगको जितमा विली अर्वन, डोमिनिक जोबोस्लाई र एमाडोउ हैदराले गोल गरे ।

यस नजितासँगै डर्टमुन्ड १२ अंक जोडेर चौथो स्थानमा रहेको छ । लाइप्जिग ८ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.