3 years ago
September 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो एतिहासिक जितसँगै भुटान दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सन् २०१० बाट सुरु भएको च्याम्पियनपिको आफ्नो १५ औं खेलमा प्राप्त जितले भुटानलाई पहिलो पटक अन्तिम चारको यात्रा तय गराएको छ ।
समूह चरणको आफ्नो अन्तिम खेलमा भुटानले श्रीलंकालाई ५–० को हराउँदै ऐतिहासिक जित निकालेको हो । नेपाल र श्रीलंकाबीच सोमबार हुने खेलमा जुन परिणाम आएपछि भुटान भने सेमिफाइनल पुगेको छ । पहिलो खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो ।
श्रीलंकालाई हराउन सके नेपाल समूह बीको विजेता र भुटान उप विजेता बन्ने छ । श्रीलंकासँग बराबरीमा रोकिएपनि नेपाल समूह विजेता नै बन्ने छ । नेपाल श्रीलंकासँग पराजित भएको अवस्थामा तीनै टोलीको समान ३ अंक हुनेछ । त्यो अवस्थामा प्रतियोगिताको नियमावली अनुसार नेपाल र श्रीलंकामध्ये एक गोलअन्तरका आधारमा अन्तिम चारमा पुग्नेछ ।
भुटानको ऐतिहासिक जित
भुटानलाई ऐतिहासिक जित दिलाउन डेखी लाजोमले २ तथा नामङ्याल डेमा, छिरिङ लादेन, छिरिङ याङ्देनले समान १ गोल गरे । योसँगै टोलीको सेमिफाइनल जाने सम्भावना बढेको छ । साफ च्याम्पियनसिपको पहिलो संस्करणमा श्रीलंकासँग १–१ को बराबरी खेल्नु नै भुटानको यसअघिको सफल नतिजा थियो । शुक्रबारको जित अघि १४ खेलमा १ बराबरी खेलेको भुटानले १३ खेलमा हार बेहोरेको थियो । १४ खेलमा भुटानले ७७ गोल खाँदा ३ गोलमात्र गर्न सकेको थियो ।
नामङ्यालको गोलबाट भुटानले पहिलो हाफमा अग्रता लिएको थियो । ४२ औं मिनेटमा पेनाल्टी बक्सको केहि बाहिर पाएको अवसरमा नामङ्यालले पहिलो बारमा गोल गरेका थिइन् । डेखीले ५० औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर बनाएकी थिइन् । पेनाल्टी बक्स भित्र गले वाङ्मोको पासमा डेखीले गोल गरेकी हुन् ।
डेखीले ६३ औं मिनेटमा पेनाल्टीमा अर्को गोल गरेकी थिइन् । आफैलाई सेलबाराज युवारानीले पेनाल्टी बक्समा फाउल हानेपछि प्राप्त पेनाल्टीमा डेखीले गोल गरेकी थिइन् । छिरिङले ८४ औं मिनेटमा टोलीका लागि चौथो गोल गरेकी थिइन् । कप्तान गलेको प्रहारलाई श्रीलंकाको गोलकिपर योहानी विरासिङ्गीले रोकेपनि रिबाउन्डमा छिरिङले खाली पोष्टमा गोल गरेकी थिइन् ।
भुटानले ८९ औं मिनेटमा छिरिङ याङदेनले गोल गरिन् । चौथो गोल गरेकी लादेनको प्रहारमा श्रीलंकाका गोलकिपरले रोकेपछि उनीबाट छुटेको बलमा याङ्देनले गोल गरेकी थिइन् । भुटानले अधिकांश समय खेलमा नियन्त्रण राखेको थियो ।
समूह एमा साविक विजेता समेत रहेको भारतले र बंगलादेशले विजयी सुरुवात गरेका छन् । भारतले पाकिस्तानलाई र बंगलादेशले माल्दिभ्सलाई समान ३–० ले हराएको थियो । भारत च्याम्पियनसिपको सबै ५ संस्करणको विजेता हो । नेपालले भने ४ पटक फाइनल खेलेको छ । एक पटक बंगलादेश फाइनल पुगेको थियो ।
April 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगको शीर्ष टोली प्लानिङ ब्वाइज शतप्रतिशत जित निकाल्न चुकेको छ। लगातार ६ खेलमा जित हात पारेको प्लानिङ ब्वाइजलाई आज ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले गोल रहित बराबरीमा रोकेको हो। एन्फा कम्पलेक्समा भएको खेलमा प्लानिङ ब्वाइज लगातार सातौं जित निकाल्ने दाउमा थियो। तर बिबिसीले त्यसो हुन दिएन। जारी लिगमा […]
April 22, 2025
एजेन्सी – नटिङ्घम फरेस्टले टोटनहम हट्स्परमा २-१ को कठिन जितसँगै प्रिमियर लिगको तेस्रो स्थानमा पुनः उक्लिएको छ । एलिएट एन्डरसन र क्रिस वुडले पहिलो हाफमा गरेको गोलले नटिङ्घमले तेस्रो खेलमा पहिलो जित निकालेको छ। यस अघि टोलीले दुई खेलमा हार बेहोरेको थियो। एन्डरसनले पाँचौ र वुडले १६ औं गोल गरेका हुन्। उनको त्यो १९ औं […]
April 21, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबनेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। अन्तिम क्वाटर फाइनल खेलमा आज कर्णाली प्रदेश प्रदेश फुटबल संघलाफ ६-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो। खेलको १८ औं मिनेटमा कर्णालीकी टिना रावतको आत्मघाती गोलबाट एपिएफले अग्रता लियो । ३५ औं मिनेटमा एपिएफकी रेनुका नगरकोटेले […]