default_image

2 years ago

September 9, 2022

साफ च्याम्पियनसिप- पहिलो हाफमा श्रीलंकाविरुद्ध भुटानको अग्रता

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपको समूह चरणमा भुटानले श्रीलंकाविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ । नामङ्याल डेमाको सानदार गोलमा भुटानले अग्रता लिएको थियो । पेनाल्टी बक्सको केहि बाहिर पाएको अवसरमा नामङ्यालले पहिलो बारमा गोल गरेका थिइन् ।

दशरथ रंगशालामा जारी खेलमा भुटानले नियन्त्रण बनाएपनि गोलको खाता भने पहिलो हाफको अन्त्य सम्म कुर्नुपरेको थियो । श्रीलंकाले भने पहिलो हाफमा खासै आक्रमण गर्न सकेन ।

भुटानका लागि आजको खेल महत्वपूर्ण रहेको छ । आजको खेल गुमाएको खण्डमा भने भुटान च्याम्पियनसिपबाट बाहिरिने छ । समूह बीको पहिलो खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । श्रीलंकाले भने अर्को खेल भदौ २७ गते नेपालसँग खेल्ने छ ।

भुटानले साफ च्याम्पियनसिपमा अहिले सम्म जित निकाल्न सकेको छैन । सन् २०१० मा श्रीलंकाविरुद्धकै खेलमा भुटानले १–१ को बराबरी खेलेको थियो । भुटानको साफ च्याम्पियनसिपमा अहिले सम्मको त्यो नै सफल नतिजा हो ।

समूह एमा साविक विजेता समेत रहेको भारतले र बंगलादेशले विजयी सुरुवात गरेका छन् । भारतले पाकिस्तानलाई र बंगलादेशले माल्दिभ्सलाई समान ३–० ले हराएको थियो । भारत च्याम्पियनसिपको सबै ५ संस्करणको विजेता हो । नेपालले भने ४ पटक फाइनल खेलेको छ । एक पटक बंगलादेश फाइनल पुगेको थियो ।

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

Success

Thank you for your time.