8 years ago
December 21, 2016
-सातौं राष्ट्रिय खेलकुद
काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको बिहीबार हुने उद्घाटन खेलमा नेपाल पुलिस र पूर्वाञ्चल भिड्ने भएका छन् । सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
पुलिस र पूर्वाञ्चलसहित समूह ‘क’ मा पश्चिमाञ्चल र मध्यमाञ्चल छन् । साविक विजेता सुदूरपश्चिमाञ्चलसहित एपीएफ, मध्यपश्चिमाञ्चल, र आर्मी छन् समूह ‘ख’ मा छन् । लिग कम नकआउट पछि समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । पहिलो दिन बिहीबार अर्को खेल पश्चिमाञ्चल र मध्यमाञ्चलबीच हुनेछ । फाइनल सातौं राष्ट्रिय खेलकुदको अन्तिम दिन पुस १५ गते हुनेछ ।
महिला फुटबल पुस २ गते बाटै सुरु भइसकेको छ भने पुरुष फुटबल सातौं राष्ट्रिय खेलकुद उद्घाटनको अघिल्लो दिन हुँदैछ । पुस ११ देखि भारतको सिलगुढीमा महिला साफ च्याम्पियनसिप सञ्चालन हुने भएकाले राष्ट्रिय खेलकुदको महिला फुटबल अगाडी नै सुरु गरिएको हो ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]