2 years ago
September 7, 2022
एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।
पिएसजीले घरेलु मैदानमा युभेन्ट्समाथि २–१ को महत्वपूर्ण जित निकालेको हो । पिएसजीको जितमा दुवै गोल एमबाप्पेले गर्दा युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।
पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलको पाँचौ मिनेटमो एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले नेयमारको पासमा गोल गर्न सफल भएका थिए ।
२२औं मिनेटमा एमबाप्पेले अर्काे गोल थप्दै टोलीको अग्रता दोब्बर पारे । यसपटक एमबाप्पेले अचरफ हाकिमीको पासमा गोल गर्न सफल भएका थिए । ५३औं मिनेटमा वेस्टन म्याककेन्नीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो ।
यस जितसँगै पिएसजीले समूह ‘एच’ मा ३ अंक जोडेको छ । समान ३ अंक नै भएपनि बेन्फिका पिएसजीभन्दा अघि छ । यही समूहको अर्काे खेलमा बेन्फिकाले माकावी हाइफालाई २–० ले पराजित गरेको छ ।
नतिजा
समूह ‘ई’ – डिनामो जाग्रिवविरुद्ध चेल्सी (१–०) र साल्जवर्गविरुद्ध एसी मिलान (१–१)
समूह ‘एफ’ – सेल्टिकविरुद्ध रियल म्याड्रिड (०–३) र आरबी लाइप्जिगविरुद्ध साख्तर डोनेस्क (१–४)
समूह ‘जी’ – डर्टमुन्डविरुद्ध एफसी कोपेनहेगन (३–०) र सेभियाविरुद्ध म्यानचेस्टर सिटी (१–४)
समूह ‘एच’ – बेन्फिकाविरुद्ध माकावी हाइफा (२–०) र पिएसजीविरुद्ध युभेन्ट्स (२–१)
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]