2 years ago
September 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप २०२२ अन्तर्गत पहिलो खेलमा भुटानविरुद्ध सुरुवाती ११ घोषणा गरेको छ ।
प्रशिक्षक कुमार थापाले गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बालाई उतारेका छन् । सेन्टर डिफेन्समा गीता राना र पुनम जर्घा मगर खेल्दा साइड डिफेन्समा अमृता जैशी र हिरा भुजेल रहेका छन् । सेन्टर मिडफिल्डमा दीपा शाहीले डेब्यु गर्दा उनलाई सरु लिम्बुले साथ दिनेछिन् ।
विंगमा अनिता केसी र अनिता बस्नेतले खेल्नेछन् । आक्रमणको जिम्मेवारी सावित्रा भण्डारीले सम्हाल्नेछिन् । उनलाई अमिशा कार्कीले साथ दिनछिन् ।
नेपालको सुरुवाती ११ :
एन्जिला तुम्बापो सुब्बा
अमृता जैशी, पुनम जर्घा मगर, गीता राना, हिरा भुजेल
अनिता केसी, दीपा शाही, सरु लिम्बु, अनिता बस्नेत
सावित्रा भण्डारी, अमिशा कार्की
January 6, 2025
एजेन्सी – सिजनमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई बराबरीमा रोकेको छ। लिगमा सन् १९७९ पछि लगातार चौथो हारलाई रोक्ने क्रममा युनाइटेडले लिभरपुलसँग आइतवार २-२ को बराबरी खेलेको हो । अमाड डेल्लोले ८० औं मिनेटमा बराबरी गोल गर्दैै युनाइटेडलाई अंक दिलाएका हुन्। खेलमा अग्रता युनाइटेडले नै लिएपनि जोगाउन सकेन । […]
January 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]
January 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]