default_image

2 years ago

September 6, 2022

बंगलादेशको विजयी सुरुवात

279 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी साफ यू–१७ पुरुष फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।कोलोम्वोमा सोमबार भएको खेलमा श्रीलंकालाई ५–१ ले हराउँदै बंगलादेशले सुखद सुरुवात गरेको हो ।

बंगलादेशको जितमा मोहमद मुर्सेद अलीले दुई तथा मोहमद रुबेल शेख, सिराजुल इस्लाम राना र मोहमद नाजिम उद्धीनले समान एक गोल गरे । श्रीलंकाका यासिर शर्फराजले एक गोल फर्काए । जितसँगै समूह ’ए’ को बंगलादेशले पहिलो खेलमै ३ अंक जोडेको छ ।

मंगलबार नै नेपाल सम्मलित समूह ‘बी’ मा भारतले भुटानलाई ३–० ले हराएको छ । भारतको जितमा थाङलासन गांग्लेले २ तथा भालापेका गुटीले १ गोल गरे ।

नेपालले बुधबार भुटानसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल भने शुक्रबार हुनेछ । अर्को समूहमा बंगलादेश, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

February 5, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]

February 5, 2025

पुष्पसदन र ग्रिन भिलेजको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]

February 5, 2025

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल

हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]

Success

Thank you for your time.