2 years ago
September 5, 2022
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा सोमबार सुरु भएको साफ यू १७ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । नेपाल सम्मलित समूह ‘बी’ मा भारतले भुटानलाई ३–० ले हराएको हो । भारतको जितमा थाङलासन गांग्लेले २ तथा भालापेका गुटीले १ गोल गरेका थिए ।
गांग्लेले १० औं र १६ औं मिनेटमा गोल गरेका थिए । अर्को गोल गुटीले ४८ औं मिनेटमा गरेका थिए । समूहको अर्को खेल बुधबार नेपाल र भुटानबीच हुनेछ । नेपाल र भारतबीचको खेल भने शुक्रबार हुनेछ । अर्को समूहमा बंगलादेश, श्रीलंका र माल्दिभ्स रहेका छन् ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]