default_image

8 years ago

December 21, 2016

पुलिस र एपिएफले बराबरी खेले, आर्मी पनि रोकियो

90 views

0 Bookmark

-सातौं राष्ट्रिय खेलकुद
-सेमिफाइनलमा पुलिस र मध्यमाञ्चल तथा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा बुधबार दुवै खेल बराबरीमा टुंगिएको छ । विभागिय डर्बीमा एपिएफ र नेपाल पुलिस क्लबले १–१ को बराबरीमा टुंगियो भने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र मध्यमाञ्चलले गोलरहित बराबरी खेले ।

1

सुनसरीको दुहबी रंगशालामा जारी प्रतियोगितामा समूह ‘क’ बाट सेमिफाइनल पुगेका दुई विभागिय टोलीले बराबरी खेल्दै अंक बाढेका हुन् । बराबरीपछि दुवै टोलीको समान ७ अंक छ । गोलअन्तरमा पुलिस शीर्षस्थानमा र एपिएफ दोस्रो स्थानमा रह्यो । कुमारी गुरुङको गोलबाट पुलिसले १८ औं मिनेटमा अग्रता लिएको थियो भने एपिएफका लागि तेजकुमारी गुरुङले ३८ औं मिनेटमा गोल फर्काइन् ।

३ खेलमा पुलिसले ८ गोल गर्दैै १ गोल खाएको थियो । एपिएफले त्यत्तिनै खेलमा ८ गोल गर्दै २ गोल खाएको छ । एपिएफकी रुपा रानामगर प्लेयर अफ दी म्याच घोषित भइन् । कोरियामा रहेका रमेश तामाङले प्रायोजन गरेका २ हजार रुपैयाँ रुपालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष टासी घलेले हस्तान्तरण गरे । समूह ‘क’ मा रहेका सूदुरपश्चिमाञ्चल र पश्चिमाञ्चल प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

wf

समूह ‘ख’ मा गोलरहित बराबरी खेलेपछि आर्मी समूह विजेता र मध्यमाञ्चल उपविजेताका रुपमा अन्तिम चारमा पुगेका छन् । आर्मीको ३ खेलमा ७ अंक र मध्यमाञ्चलको ५ अंक छ । बुधबारको खेलमा मध्यमाञ्चलकी रोजीना श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भइन् । रोजीनाले सुरक्षा अस्पतालले प्रायोजन गरेको २ हजार रुपैयाँ पाइन् ।

wf1

शुक्रबार हुने सेमिफाइनलमा पुलिस र मध्यमाञ्चल तथा आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुने स्थानिय संयोजनकर्ता दीलिप राईले जानकारी दिए । बिहीबार समूह क र ख दुवै समूहमा प्रतियोगितबाट बाहिरिसकेका दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

2

npc-vs-apf

February 22, 2025

गोलकिपर दीपलाई बुटवलले विस लिस्टबाट किन्यो

काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]

February 22, 2025

गोलकिपर दीप र विशाल पनि ‘अनसोल्ड’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]

February 22, 2025

स्ट्राइकर भरत ‘अनसोल्ड’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]

Success

Thank you for your time.