default_image

2 years ago

September 5, 2022

ब्राइटनले लेस्टरलाई हरायो

154 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा ब्राइटन होव एण्ड अल्वियोनले लेस्टर सिटीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याएर ब्राइटनले लेस्टरमाथि ५–२ को सानदार जित निकालेको हो ।

ब्राइटनको जितमा एलेक्सिस म्याक अलिस्टेरले दुई तथा मोइसेस काइसेडो र लियान्द्रो ट्रोससार्डले समान एक गोल गरे । एक गोल उपहार पाएको थियो । लेस्टरका केलिची इहानाचो र पाटसन डाँकाले गोल फर्काए ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा आइतबार राति गोलको वर्षा भएको खेलको पहिलो मिनेटमा नै केलिची इहानाचोको गोलबाट लेस्टरले सुरुवाती अग्रता लिएको थियो । १०औं मिनेटमा लुकी थोमसको आत्मघाती गोलबाट ब्राइटन खेलमा फर्किएको थियो ।

१५औं मिनेटमा एलेक्सिस म्याक अलिस्टेरको पासमा मोइसेस काइसेडोले गोल गर्दै ब्राइटनलाई खेलमा २–१ को अग्रता दिलाए । ३३औं मिनेटमा पाटसन डाँकाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

६४औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै ब्राइटनलाई ३–२ ले अघि बढाए । त्यसपछिको दुवै गोल एलेक्सिस म्याक अलिस्टेरको नाममा रह्यो । एलेक्सिस म्याक अलिस्टेरले ७१औं र इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा गोल गर्दै ब्राइटनलाई सानदार जित दिलाए ।

यस जितसँगै ब्राइटन ६ खेलबाट १३ अंक जोडेर चौथो स्थानमा रहेको छ । पराजित लेस्टर १ अंक जोडेर पुछारमा छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.