2 years ago
September 5, 2022
एजेन्सी – स्पेनिस ला लिगामा भ्यालेन्सियाले सानदार जित निकालेको छ । भ्यालेन्सियाले गेटाफेमाथि ५–१ को फराकिलो जित आत्मसात गरेको हो ।
गोलको वर्षा भएको खेलमा भ्यालेन्सियाको जितमा टोनी लाटो, स्यामुइल डियास लिनो, स्यामुइल क्यास्टेलेजो, निको गोन्जालेज र ह्युगो डुरोले गोल गरे । गेटाफेका गास्टन अल्भारेजले गोल गरे ।
भ्यालेन्सियामा आइतबार राति भएको खेलको सातौं मिनेटमा टोनी लाटोको गोलबाट भ्यालेन्सियाले सुरुवाती अग्रता लिन सफल भयो । १४औं मिनेटमा स्यामुइल डियास लिनोले गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर पारे ।
१६औं मिनेटमास्यामुइल क्यास्टेलेजोले गोल गरेपछि भ्यालेन्सिया खेलमा ३–० ले अघि बढ्यो । ६५औं मिनेटमा निको गोन्जालेजले तथा ६८औं मिनेटमा ह्युगो डुरोले गोल गरेपछि भ्यालेन्सिया खेलमा ५–० ले अघि बढ्यो ।
७८औं मिनेटमा गास्टन अल्भारेजले गोल गर्दै खेललाई ५–१ स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा भ्यालेन्सिया फराकिलो जित निकाल्न सफल भयो ।
खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थियो । ८८औं मिनेटमा भ्यालेन्सियाका एलिएक्स मोरिवा तथा गेटाफेका मोउरो आर्मवारी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
भ्यालेन्सियाको यो दोस्रो जित हो । यस जितसँगै भ्यालेन्सिया ४ खेलबाट ६ अंक जोडेर १०औं स्थाना उक्लिएको छ । पराजित गेटाफे १ अंक जोडेर १९औं स्थानमा छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]