default_image

2 years ago

September 4, 2022

डेब्यु खेलमै एन्टोनीको गोल

188 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन विंगर एन्टोनी सान्टोसले म्यानचेस्टर युनाइटेडका लागि डेब्यु खेलमै गोल गरेका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार आर्सनलविरुद्ध खेलमा सुरुवात गरेका एन्टोनीले पहिलो खेलमा नै गोल गरेका हुन् ।

प्रशिक्षक एरिक टेन हागले सुरुवाती रोजाइमा स्थान दिएपछि एन्टोनीले खेलको ३५ औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाए । उनले मार्कस रासफर्डको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरे । राइट विंगमा निकै छरितो देखिएका एन्टोनीले उच्च प्रदर्शन गरिरहेका छन् । उनी डेब्युमा गोल गर्ने युनाइटेडका २१ औं खेलाडी हुन् ।

त्यसअघि आर्सनलले खेलमा अग्रता लिएपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै उक्त गोललाई मान्यता दिएनन् । ग्याब्रिएल मार्टिनेल्लीले आर्सनललाई अग्रता दिलाएपनि उक्त मुभ सिर्जना हुँदा कप्तान मार्टिन ओडेगार्डले क्रिस्टियन एरिक्सनलाई फल गरेको भीएआरले देखाएको थियो । पहिलो हाफमा युनाइटेड १-० ले अघि छ ।

प्रशिक्षक टेन हागले पुन: एकपटक क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्दा यसै सिजन भित्रिएका एन्टोनीले सुरुवाती रोजाइमा अवसर पाए । उनले रासफर्ड र जेडन सान्चोसँग युनाइटेडको आक्रमण सम्हालिरहेका छन् ।

December 19, 2024

अन्जनको ह्याट्रिकसँगै एनआरटी झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

Success

Thank you for your time.