3 years ago
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– समकालिनमा सफल प्रशिक्षक बालगोपाल महर्जनले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको पुरुष टोली सम्हाल्ने भएका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्ले उनलाई प्रशिक्षकको जिम्मेवारी दिने तयारी गरको छ ।
गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गते सम्म हुँदैछ । प्रदेश खेलकुदका सदस्य सचिवले प्रस्ताव गर्नुभयो । म प्रशिक्षण दिनको लागि तयार छु । मौखिक सहमति भइसकेको छ,’ महर्जनले भने,‘ केहि दिनमा पत्र बुझेपछि औपचारिक रुपमा काममा लाग्नेछु ।’
प्रदेशको खेलाडी छनोटदेखि नवौ राष्ट्रिय खेलकुद सम्म टोली हेर्ने गरि जिम्मेवारी दिएका छौं,’ सदस्य सचिव भण्डारीले भने,‘ स्वर्ण पदक जित्ने गरि तयारी गर्न र त्यसअनुरुपको टिम निर्माण गर्न भनेका छौं ।’ खेलाडी छनोटका लागि प्रदेशले केहि मापदण्ड पनि तय गरेको भण्डारीले जानकारी दिए । उनले थपे ‘प्रदेश खेलकुदबाट छनोट भएको, यसअघि राष्ट्रिय खेलकुद खेलेको , एसियाली खेलकुदको छनोटमा रहेको , राष्ट्रिय टोलीमा रहेका र प्रतिभावान प्रदेशमा अस्थाई बसोबास गर्नेलाई पनि छनोट गर्न मिल्ने छ ।’
महर्जनको प्रशिक्षणमा २०७७ को चैतमा राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कप जितेको थियो । उनकै प्रशिक्षणमा काठमाडौं रेजर्सले गत वर्ष वैशाख/जेठमा भएको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको थियो । त्यसअघि २०७२ सालमा महर्जनको प्रशिक्षणमा नेपाली युवा टोलीले साफ यू १९ को उपाधि जितेको थियो ।
सोही वर्ष राष्ट्रिय टोलीलाई उनले बंगबन्धु गोल्ड कप जिताएका थिए । सन् २०१८ को साफ च्याम्पियनसिपमा उनको नेतृत्वमा नेपालले सेमिफाइनल यात्रा तय गरेको थियो । उनले मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबलाई पनि प्रशिक्षण दिइसकेका छन् ।
महर्जनले राष्ट्रिय खेलकुदमा सहभागि टोलीको जिम्मेवारी लिएको यो दोस्रो पटक हो । यसअघि तत्कालिन पूर्वाञ्चल प्रदेशमा भएको सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलको पुरुष टोलीको प्रशिक्षण सम्हालेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागमा सहायक प्रशिक्षक रहेका महर्जनले आफ्नो प्रदेशको टोली हेर्न आफू उत्साहित रहेको बताए । ‘आफ्नोतर्फ बाट सक्दो राम्रो गर्ने प्रयास गर्नेछु, उनले भने,‘ राष्ट्रिय खेलकुदमा विभागिय टोली बलियो छन् । हामीले बलियो टोली बनाउनका लागि हरसम्भव प्रयास गर्नेछौं ।’ बागमती प्रदेशले पुरुष क्रिकेट टोलीको जिम्मेवारी भने राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्कालाई दिइसकेको छ ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]