default_image

2 years ago

September 4, 2022

अग्रता जोगाउन नसक्दा सिटी रोकियो

99 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । सिटी घरेलु टोली एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

भिल्ला पार्क बर्मिङघममा शनिबार राति भएको खेलमा सिटीले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ कुर्नुपरेको थियो ।

उच्च लयमा रहेको नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले ५०औं मिनेटमा केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट सिटी आएका हालान्डले प्रिमियर लिगको ६ खेलमा १० गोलसँगै एक असिस्ट दिइसकेका छन् ।

तर, सिटीको अग्रता लामो समय टिकेन । ७४औं मिनेटमा लिओन बेइलीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ज्याकोप राम्सेको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यो बराबरीसँगै सिटीले आर्सनललाई पछि पार्दै शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । अपराजित रहेको सिटीको ६ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

सिटीभन्दा एक खेल कम खेलेको आर्सनल लगातार पाँच जितबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एस्टन भिल्ला ४ अंक जोडेर १७औं स्थानमा छ ।

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

Success

Thank you for your time.