default_image

2 years ago

September 3, 2022

रियल म्याड्रिडको लगातार चौथो जित

133 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार चौथो जित दर्ता गरेको छ । शनिबार घरेलु मैदानमा रियल म्याड्रिडले रियल बेटिसमाथि २-१ को जित दर्ता गरेको हो ।

खेलको नवौं मिनेटमा नै रियलले भिनिसियसको गोलमा अग्रता लियो । डेविड अलाबाको लामो पासलाई भिनिसियसले गोलमा परिणत गरेका थिए । उनले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षक अघि बढेको अवस्थामा पेनाल्टी क्षेत्र बाहिरबाट चिप प्रहारमा गोल गरेका थिए ।

बेटिसका लागि १७ औं मिनेटमा सर्जियो कानालेसले बराबरी गोल फर्काए । पेनाल्टी क्षेत्रभित्र बोर्जा इग्लेससले दिएको पासलाई रियलका पूर्व खेलाडी कानालेसले गोलमा परिणत गरे । उनको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले ठम्याएपनि रोक्न भने सकेनन् ।

दोस्रो हाफको ६५ औं मिनेटमा रियलका लागि रोड्रीगोले अग्रता दिलाए । उनले रियलको सुन्दर टिम मुभलाई गोलमा परिणत गरेका थिए । फेडे भालभेर्डेले दिएको कटब्याकमा उनको पहिलो प्रहार गोलरक्षक रुइ सिल्भाले बचाउन सकेनन् ।

यस जितसँगै रियलको ४ खेलमा १२ अंक भएको छ । रियल अंक तालिकाको शीर्षस्थानमा छ । बेटिस भने लगातार तीन जितपछि चौथो खेलमा पराजित हुन पुग्यो ।

यो पनि : तनावपूर्ण खेलमा चेल्सीको जित

June 29, 2024

ब्राजिल अघिल्लो चरणमा पुग्ने बलियो सम्भावना

एजेन्सी – भिनिसियस जुनियरको २ गोल गरेको खेलमा विजयी हुँदै ब्राजिल अमेरिकामा जारी कोपा अमेरिकाको नकआउट चरणनजिक पुगेको छ। एलेजिन्ट स्टेडियममा शनिबार समूह ‘डी’ को अन्तिम खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ ले पराजित गरेको छ। २ खेलमा ब्राजिलको ४ अंक छ । ब्राजिलले पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको थियो। पाराग्वे अंकविहीन रहेको छ।  पाराग्वे भने […]

June 29, 2024

कोलम्विया कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी – कोस्टा रिकामाथि सहज जित हात पार्दै कोलम्विया कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोस्टा रिकालाई ३–० ले पराजित गरेपछि कोलम्वियाले समुह ‘डी’ मा एक खेल बाँकी छँदै अन्तिम आठको यात्रा तय गरेको हो । स्टेट फार्म स्टेडियम ग्लेनडेल एरिजोना अमेरिकामा शुक्रबार राति भएको खेलमा कोलम्वियाको सहज जितमा लुइस डियाज, डाभिन्सन […]

June 28, 2024

साविक विजेता विएफसीको सुखद सुरुवात

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक विजेता हानामी भरतपुर फुटबल क्लब (विएफसी) ले विजयी सुरुवात गरेको छ । भरतपुर ७ कृष्णपुर मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा नारायणी फुटबल क्लबलाई २-० ले हराउँदै विएफसीले विजयी सुरुवात गरेको हो । सुमन आले मगर र सागर तामाङ लोप्चनले गोल गरे । खेलको […]

Success

Thank you for your time.