default_image

2 years ago

September 3, 2022

साविक विजेता भारतीय फुटबल टोली आइपुग्यो

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा भाग लिन साविक विजेता भारतको राष्ट्रिय टोली शनिबार नेपाल आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्यत्रय सरिला श्रेष्ठ, मनीष जोशी र रविन्द्र चन्दलगायतले त्रिभुवन विमानस्थलमा टोलीलाई स्वागत गरेका थिए ।

भुटान र पाकिस्तानी टोली भने यसअघि नै काठमाडौं आइसकेका छन् । बंगलादेशको टोली शनिबार नै काठमाडौं आइपुगेको थियो । श्रीलंका र माल्दिभ्स टोली आइतबार आइपुग्ने एन्फाले जनाएको छ ।

दशरथ रंगशालामा भदौ २१ गते दक्षिण एसियाका सातै राष्ट्रको सहभागितामा च्याम्पियनसिप सुरु हुनेछ । बंगलादेश समूह मा भारत, पाकिस्तान र माल्दिभ्ससँग रहेको छ । आयोजक नेपाल, भुटान र श्रीलंका समूह बीमा छन् । पहिलो दिन नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिन भदौ २२ गते भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली फाइनलमा पुग्नेछन् । यसअघि विरानगरमा भएको पाँचौं संस्करणको फाइनलमा नेपाललाई ३–१ ले हराउँदै भारत पाँचौं पटक च्याम्पियन बनेको थियो ।

July 6, 2024

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । […]

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

Success

Thank you for your time.