default_image

2 years ago

September 3, 2022

बंगलादेशको फुटबल टोली आइपुग्यो

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा भाग लिन बंगलादेशको राष्ट्रिय टोली शनिबार नेपाल आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्यद्वय मनीष जोशी र सरिला श्रेष्ठलगायतले त्रिभुवन विमानस्थलमा बंगलादेशी टोलीलाई स्वागत गरेका थिए ।

भुटान र पाकिस्तानी टोली भने यसअघि नै काठमाडौं आइसकेका छन् । भारतीय टोली शनिबार नै काठमाडौं आइपुग्ने एन्फाले यसअघि नै जानकारी दिएको थियो । श्रीलंका र माल्दिभ्स टोली आइतबार आइपुग्ने बताइएको छ ।

दशरथ रंगशालामा भदौ २१ गते दक्षिण एसियाका सातै राष्ट्रको सहभागितामा च्याम्पियनसिप सुरु हुनेछ । बंगलादेश समूह मा भारत, पाकिस्तान र माल्दिभ्ससँग रहेको छ । आयोजक नेपाल, भुटान र श्रीलंका समूह बीमा छन् । पहिलो दिन नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली फाइनलमा पुग्नेछन् । यसअघि विरानगरमा भएको पाँचौं संस्करणको फाइनलमा नेपाललाई ३–१ ले हराउँदै भारत पाँचौं पटक च्याम्पियन बनेको थियो ।

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

Success

Thank you for your time.