3 years ago
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता असोज दोस्रो साता आयोजना हुने भएको छ ।
आयोजक ठमेल पर्यटन विकास परिषदले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवद्र्धन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए ।
प्रतियोगिता ९ देखि ११ असोजसम्म लैनचौरस्थित फुटबल मैदानमा हुने परिषदका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक प्रश्रय राजभण्डारीले जानकारी गराए । प्रतियोगितामा ठमेल क्षेत्रका दुई टिमसहित काठमाडौँ, पोखरा, धरान, चितवनलगायत देशभर मुख्य शहरका २० टिमको सहभागिता रहने संयोजक राजभण्डारीले बताए ।
४० वर्ष उमेर कटेका खेलाडीको सहभागीता रहने प्रतियोगितामा १० हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । टिम दर्ताको समयसीमा २ असोजसम्म रहेको छ । सेमिफाइनलसम्म ४० मिनेटको र फाइनल खेल ६० मिनेटको हुनेछ ।
विजेताले दुई लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्राीत गर्नेछ । दोस्रो हुनेले १ लाख मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
एनसेलको सहयोगमा काठमाडौं महानगरपालिका वडा नं २६ लैनचौरमा निर्माण भएको उक्त खेलमैदान लैनचौर युवा क्लबले ठमेल पर्यटन भेट्रान्स फुटबल कपका लागि निःशुल्क उपलब्ध गराउने क्लबका अध्यक्ष एवम् सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलका अध्यक्ष रम्बा रजकले जानकारी दिए ।
परिषदका अध्यक्ष भविश्वर शर्माले खेलकुद क्षेत्रलाई पर्यटनसँग जोड्दै ठमेल क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।
अहिले स्वदेशी खेलाडीलाई प्रतियोगितामा समावेश गरिएपनि आगामी दिनमा विदेशी खेलाडीलाई समेत बोलाएर यस्ता प्रतियोगिता आयोजना गरिने उनले थपे । प्रतियोगिता सम्पन्न गर्न १२ लाखदेखि १५ लाखसम्म लाग्ने अनुमान गरिएको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]