default_image

9 years ago

September 17, 2015

यु-१९ साफ बिजेतालाई सरकारको जनही १-१ लाख सम्मान

145 views

0 Bookmark

काठमाडौं, भाद्र ३१ ।

साफ यु-१९ बिजेता नेपालको यु-१९ फूटबल टोलीलाइ नेपाल सरकारले जनही नगद १-१ लाखले सम्मान  गरेको छ । आज बिहान सातदोवाटोस्थित पौडी पोखरीमा भएको कार्यक्रम गरेर सरकारले उक्त सम्मान  हस्तान्तरन गरेको हो । 

स्रोत: सचिब दीपेन्द्रनाथ शर्माको फेसबुक

स्रोत: सचिब दीपेन्द्रनाथ शर्माको फेसबुक

 

साफ फाईनल मा भारतलाई पराजित गर्ने बितिक्कै खेलकुद मन्त्री पुरसोत्तम पौडेलले बिजय खेलाडि, कोच र फिजिओलाई जनही १-१ लाख दिने घोसणा गरेका थिए, उक्त घोसणा अनुरुपनै उक्त सम्मान दिइएको हो ।

कार्यक्रममा खेलकुद मन्त्री , खेलकुद मन्त्रालय का सचिबको पनि उपस्तिती थियो । सचिब दीपेन्द्रनाथ शर्मा ले भने,” हामीले घोषणा गरेको पुरस्कारलाई मुर्त रुप दिएको हो | आशा छ अझै तपाइँहरुले राम्रो गर्न सकुनु हुनेछ | र नयाँ संबिधान आएसंगै अब नेपाली खेलाडीहरुको भबिष्य राम्रो हुनेछ | खेललाई निरन्तरता दिनुस ।”

यु-१९ का कप्तान बिमल : सरकारलाई धन्यवाद | हामीलाई यो खालको घोषणा, पुरस्कारले हौसला मिल्छ र पछि अझै राम्रो गर्ने सक्छौ | यु १९ क्वालिफायरको लागि राम्रो तयारी छ | राम्रो गरेर आउने छौ ।

कोच बाल गोपाल महर्जन : मन्त्रालयको त्यस घोषणाले हाम्रा खेलाडीमा हौसला बढ्यो र हामीले उपाधि जित्न सफल भयौ | एस्तो सम्मान कार्यले खेलाडीलाई भविष्यमा अझै राम्रो गर्न प्रेरणा मिल्ने छ |  मलाई एन्फाले विश्वस गर्यो  र मेरा टिमको सहयोगले सम्भब भयो|

मन्त्रि पौडेल: २२ बर्षपछि यो अनुभूति साह्रै सुखद भयो मलाई | नेपाली फुटबलको आश जोगाउने कार्य यु १९ ले गरेको छ | हामीले खेलाडीको हौसला प्रदान गर्न पुरस्कार घोषणा गरेको हो | खेलकुदले संसारलाइ जित्छ त्यसैले तपाइँहरुले अझै राम्रो गर्नुस | भबिष्य राम्रो छ |

एन्फा अध्यक्ष्य गणेश थापा: नेपाली फुटबल कहिले कम्जोर थिएन | हामी च्याम्पियन हुन् मात्र नसकेको हो | युवा खेलाड़ेले हामी कम्जोर छैनौ भन्ने देखाएको छ | यहाँ खेलाडीलाई जित्न सकेन भनेर अन्याय भएको छ |

आजै नेपाली यु-१९ टोलीलाइ वर्ल्डलिकंले पनि सम्मन गर्‍यो । वर्ल्डलिकंले सम्पूर्ण खेलाडी र अफिसियलालै एक बर्षको लागि ईन्टरनेट प्रदान गर्ने छ ।

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

Success

Thank you for your time.