3 years ago
September 1, 2022
विराटनगर (हाम्रो खेलकुद) – पहिलो हाफमा लिएको २-० को अग्रता जोगाउन नसक्दा राष्ट्रिय टोलीका पूर्व खेलाडीले भरिएको हाटखोला भेट्रान क्लब मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ ।
विराटनगरको सहिद रंगशालामा बुधबार भएको क्वाटरफाइनलमा मोरङ जहदाको जहदा भेट्रानले हाटखोलालाई टाइब्रेकरमा ५–४ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । निकै रोमाञ्चक खेलमा दुवै टोलीबाट अन्तर्राष्ट्रिय स्तरदेखि ए’ डिभिजन लिगको अनुभव बोकेका चर्चित खेलाडीहरु थिए ।
राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापाको नेतृत्वमा रहेको हाटखोलाले मध्यान्तरअघि २ गोलले अगाडि रहेपनि अग्रता जोगाउन सकेन । खेलको २० औं मिनेटमा हाटखोलाका विक्रम श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३५ औं मिनेटमा हाटखोलाकै राजकुमार घिसिङले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।
दोस्रो हाफको ४५ औं मिनेटमा डेनिम राईले गोल गर्दै जहदालाई खेलमा फर्काए । ६७ औं मिनेटमा डेनिम राईले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए । हाटखोलका गोलरक्षकले जहदाका सुवासलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्री बिक्की कार्कीले पेनाल्टी दिएका थिए । निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा जहदाका लागि डेनिम राई, विमल गुरुङ, मित्रबहादुर बस्नेत, सुवास सब्बा र संजीव बुढाथोकीले गोल गरे । हाटखोलका लागि नरेश श्रेष्ठ, विक्रम श्रेष्ठ र राजकुमार घिसिङले गोल गरे भने विष्णु सुनारको प्रहारलाई गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।
खेलको म्यान अफ द म्याच जहदाका डेनिम राईलाई मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले पुरस्कार दिए ।
विराट मेघा स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार रातिको पहिलो सेमिफाइनल खेल मोरङको सिद्राहा भेट्रान क्लब र आयोजकबीच हुनेछ । खेल साँझ ७ बजे सुरु हुनेछ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]