default_image

2 years ago

September 1, 2022

नेयमार र एमबाप्पेको गोलमा पिएसजी विजयी

152 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिगमा सहज जित हात पारेको छ ।

पिएसजीले टुलुजमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । एक गोल जुआन बर्नाटले गरे । घरेलु टोलीलाई दवावमा राखेपनि पिएसजीले खेलको ३७औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो ।

लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भए । उच्च लयमा रहेको नेयमारले यो सिजन फ्रेन्च लिग वानमा ५ खेल खेल्दा ७ गोल गर्नुका साथै ६ असिस्ट दिइसकेका छन् । उनले पिएसजीका लागि ६ खेलमा ९ गोल गरिसकेका छन् ।

५०औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा परिवर्तित जुआन बर्नाटले गोल गर्दै पिएसजीको जित पक्का गरे । बर्नाट ८३औं मिनेटमा नुनो मेन्डिसको स्थानमा मैदान छिरेका थिए ।

यस जितसँगै अपराजित रहेको पिएसजी ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १३ अंक नै रहेपनि लेन्स र मार्से गोल अन्तरमा पिएसजीभन्दा पछि छ । पराजित टुलुज ५ अंक जोडेर १३औं स्थानमा छ ।

September 16, 2024

वालिङसँग सुदूरपश्चिमको हार

काठमाडौ (हाम्रो खेलकुद) – वालिङ नगरपालिकाले एन्फा महिला लिगमा सोमवार सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको छ । लिगमा सुदुरपश्चिमको यो लगातार पाँचौं हार हो। सातदोबाटोमा स्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन भिओला नामिडुले ह्याट्रिक गरिन् । जाकलिन नासली र सुस्मा तामाङले समान १ गोल गरिन् ।सुदूरपश्चिम प्रदेशका लागि रितिका कार्कीले १ गोल गरिन् । […]

September 16, 2024

महिला लिग- वालिङ र सुदूरपश्चिम खेल्दै

काठमाडौ (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज एक खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ह । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । ५ खेलमा ६ अंक सहित वालिङ पाँचौ स्थानमा रहँदा सुदूरपश्चिम समान खेल खेल्दै जित विहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को […]

September 16, 2024

लाकेनले दिल्ली एफसीबाट आई‌ लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बु आई ( इन्डियन ) लिग टोली दिल्ली एफसीमा आबद्ध भएका छन् । दिल्लीले आफ्नो फेसबुक पेजमार्फत लाकेन क्लबमा‌ आबद्ध भएको जनाएको छ । गत साता नै दिल्ली पुगेका लाकेनले एक सिजनका लागि सम्झौता गरेका छन् । डेढ वर्षअघि भएको सहिद स्मारक ए डिभिजन लिगमा उनी थ्री […]

Success

Thank you for your time.