default_image

2 years ago

August 31, 2022

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण विराटनगरमा हुने

170 views

0 Bookmark

काठमाडौैं (हाम्रो खेलकुद)– अर्को महिना बंगलादेशिविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण विराटनगरमा हुने भएको छ ।

बन्द प्रशिक्षणका लागि होटलको आवश्यकता रहेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सुचना सार्वजनिक गरेको छ । जसमा नेपाली टोलीले भदौ २० गतेदेखि असोज ७ गते सम्म विराटनगरमा प्रशिक्षण हुने उल्लेख गरिएको छ । विराटनगरमा बन्द प्रशिक्षणमा होटल आवश्यकता भएकोले इच्छुक होटल व्यवसायीले तीन दिन भित्र सिलबन्दी प्रस्ताव पठाउन एन्फाले भनेको छ ।

जसमा ३१ खेलाडीको १४ डबल र ३ सिंगल कोठाको आवश्यता रहेको सुचनामा उल्लेख गरिएको छ । राष्ट्रिय फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले मंगलबार दोस्रो चरणमा ४० बाट ३० खेलाडीको छनोट गरेका थिए । नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल दशरथ रंगशालामा असोज ११ गते हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका ३० खेलाडी

गोलकिपर– किरण चेम्जाङ, विकेश कुथे, विशाल श्रेष्ठ, दीप कार्की

रक्षक–अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्ड– तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, एरिक विष्ट, मनीष डाँगी, सुरज ज्यू ठकुरी, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, आभाष लामिछाने, सुदीप गुरुङ, सन्जोग राई, अन्जन विष्ट

फरवार्ड– विमल घर्तीमगर, रितिक खड्का, अभिषेक रिजाज, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.