3 years ago
August 30, 2022
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा अर्को साता सुरु हुने यू १७ साफ च्याम्पिनसिपको रेफ्री टोलीमा दुई रेफ्री छानिएका छन् ।
फिफा रेफ्री कविन व्यन्जनकार र फिफा सहायक रेफ्री युनाल मल्लले साफ च्याम्पियनसिपमा रेफ्री गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । व्यन्जनकार सन् २०१८ मा फिफा रेफ्री बनेका थिए । मल्ल २०१७ देखि फिफा सहायक रेफ्री छन् । साफ यू १७ च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्दैछ । भदौ २० देखि भदौ २९ गते सम्म हुने च्याम्पिनसिपमा नेपाल समूह ‘बी’ मा भारत र भुटानसँग रहेको छ ।
अर्को साताबाट दशरथ रंगशालामा सुरु हुने महिला साफ च्याम्पियनसिपमा फिफा रेफ्री अन्जना राई र फिफा सहायक रेफ्री राधिका शाक्य रेफ्री टोलीमा रहेका छन् । च्याम्पिनसिप भदौ २१ देखि असोज ३ गते सञ्चालन हुनेछ । नेपाल, भुटान र श्रीलंका समूह बीमा छन् । त्यस्तै समूह एमा भारत, पाकिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन् ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]