2 years ago
August 29, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड पिएर एमेरिक औबामेयाङको घरमा सोमबार विहान लुटपाट भएको छ । हतियारसहित घरभित्र पसेका व्यक्तिले औबामेयाङ र परिवारलाई नियन्त्रणमा लिँदै लुटेका थिए ।
मध्यरात १ बजे घटना भएको थियो । स्थानीय प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ । औबामेयाङकी पत्नीले प्रहरीलाई घटनाबारे जानकारी दिएकी थिइन् । क्याटलान सहरमा पहिलो पटक यो घटना भएको भने होइन । यसअघि खेलाडीकै घरमा लुटपाटका घटना भएका थिए । तर त्यसबेला खेलाडी घरमा नहुँदा घटना हुने गर्थ्यो ।
सोमबार विहान नकाब लगाएर घरभित्र प्रवेश गरेका व्यक्तिले बन्दुक र फलामे छड बोकेका थिए । उनीहरुले औबामेयाङलाई सेफ खोल्न लगाएर गहना लुटेर लागेका थिए । घटनाका प्रत्यक्षदर्शीले लुटेराहरुलाई सेतो गाडीमा बाहिरिएको देखेका थिए ।
गत सिजन आर्सनल छोडेर बार्सिलोना पुगेका फरवार्डको नाम चेल्सीसँग जोडिएको छ । बार्सिलोनामा १८ खेलमा ११ गोल गरेका औबामेयाङ लेवान्डोस्कीको आगमनसँगै जाभीको रोजाइमा छैनन् । उनी आर्सनलबाट अनुशासन समस्याका कारण बाहिरिएका थिए ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]