2 years ago
August 28, 2022
काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ राष्ट्रिय पुरुष फुटबल टोलीको व्यवस्थापकमा नियुक्त भएका छन् । अर्को महिना नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।
सहिद स्मारक ए डिभिजन लिग मछिन्द्र क्लबका उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले व्यवस्थापकको जिम्मेवारी दिने तयारी गरिहेको छ । यद्दपी उनलाई पत्र भने दिन बाँकी रहेको एन्फाले जनाएको छ ।
एन्फा अध्यक्ष पंकज नेम्बाङलगायत पदाधिकारीले नै आफूलाई व्यवस्थापकको जिम्मेवारी लिन आग्रह गरेको जनाउँदै श्रेष्ठले भने,‘क्लबबाट खेल्दा जस्तै खेलाडीहरुले राष्ट्रिय टोलीबाट खेल्दा पनि सतप्रतिशत दिनका लागि प्रेरित गर्ने मेरो भूमिका रहन्छ । यो जिम्मेवारी मेरो लागि पनि मौका हो । सुधारात्मक परिवर्तन हुने गरि काम गर्छु ।’ यसअघि लामो समय एन्फाका तत्कालिन केन्द्रीय सदस्य मधुसुदन उपाध्यक्ष राष्ट्रिय टोलीको व्यवस्थापक थिए ।
पत्र लिन बाँकी रहेपनि एक वर्षका लागि आफूलाई व्यवस्थापकको जिम्मेवारी दिने सहमति भएको श्रेष्ठले बताए । श्रेष्ठको व्यवस्थापनमा मछिन्द्रले पछिल्लो सिजन सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो । उनी असार ६ गते भएको निर्वाचनमा कर्मा छिरिङ शेर्पाको प्यानलबाट सदस्य पदका प्रत्यासी थिए ।
दशरथ रंगशालामा असोज ११ गते हुने नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल तय भएको छ । एन्फाले ४० खेलाडीलाई समेट्दै प्रशिक्षण सञ्चालन गरिरहेको छ । व्यवसायिक फुटबल खेल्नका लागि इन्डोनेसिया रहेका रोहित चन्द, बहराइनमा रहेका मनीष डाँगी र देवेन्द्र तामाङबाहेक ३७ जना प्रशिक्षणमा सामेल छन् । प्रदीप हुमागाई मुख्य, युगलकिशोर राई सहायक प्रशिक्षक र विनोद डंगोल गोलकिपिङ प्रशिक्षकका रुपमा टोलीमा रहेका छन् ।
January 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा बुधवार वालिङ नगरपालीका र विभागीय टोली त्रिभुवन आर्मी क्लब आमने सामने हुदै छन् । खेल सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा एक जित र एक बराबरीको साथ आर्मी तेस्रो स्थानमा छ । सुरुवाती दुवै खेलमा पराजित वालिङ अंक बिहीन रुपमा […]
January 8, 2025
एजेन्सी – न्युक्यासलले इङ्ग्लिस लिग कपको सेमिफाइनल खेलको पहिलो लेगमा आर्सनललाई पराजित गरेको छ । बुधवार बिहान आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा न्युक्यासल २-० गोलले विजयी भएको हो । पाहुना टोली न्युक्यासलको जितमा अलेक्जान्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे । दोस्रो लेगको खेल आगामी फेब्रुअरी ५ मा हुनेछ । इसाकले खेलको ३७औं […]
January 7, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]