default_image

2 years ago

August 28, 2022

मिलानको जित, अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकियो

116 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा साविक विजेता एसी मिलानले जित निकाल्दा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिएको छ ।

मिलानले घरेलु मैदानमा बोलोग्नालाई २–० ले पराजित गरेको हो । मिलानको जितमा राफयल लियो र ओलिभर जिरुडले गोल गरे ।

मिलानोमा शनिबार राति भएको खेलको २१औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता लिदा ५८औं मिनेटमा लियोकै पासमा ओलिभर जिरुडले गोल गर्दै मिलानको जित सुनिश्चित गरे ।

यस जितसँगै मिलान ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक नै रहेपनि लाजियो, टोरिनो र रोमा गोलअन्तरमा मिलानभन्दा पछि छ । पराजित बोलोग्ना १ अंक जोडेर १७औं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले रोमासँग १–१ गोलको बराबरी खेलेको छ । युभेन्ट्सका डुसान भ्लाहोभिकले खेलको दोस्रो मिनेटमा फ्रिकिकमार्फत सिधै गोल गर्दा रोमाका ट्याम्मी अब्राहमले ६९औ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसअघि २५औं मिनेटमा युभेन्ट्सका म्यानुयल लोकाटेलीको गोलले मान्यता पाएन । यो बराबरीसँगै युभेन्ट्स ३ खेलबाट ५ अंक जोडेर सातौं स्थानमा रहँदा रोमा ७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

July 6, 2024

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । […]

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

Success

Thank you for your time.