2 years ago
August 27, 2022
काठमाडौं (हाम्रो खेलकुद)– फरवार्ड सावित्रा भण्डारी सम्बासहित ३ खेलाडीले महिला राष्ट्रिय फुटबल टोलीमा पूनरागमन गर्दा ३ नयाँ खेलाडीले पहिलो पटक मौका पाएका छन् ।
नौ दिनपछि दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेको थियो । मुख्य प्रशिक्षक कुमार थापाले ३५ बाट अन्तिम २३ खेलाडीको छनोट गरेका हुन् ।
सर्वाधिक गोलकर्ता सावित्रा, पुनम जर्घामगर र रेखा पौडेलले राष्ट्रिय टोलीमा पूनरागमन गरेका हुन् । त्यस्तै समिक्षा घिमिरे, दीपा शाही र अमिशा कार्कीले पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश पाएका हुन् ।
सवित्रा चोटका कारण र पुनम मुटुको शल्यक्रिया गर्नुपरेका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए । सावित्राले पछिल्लो पटक झण्डै ३ वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी थिइन् । त्यसयता टोलीले बंगलादेशसँग मैत्रीपूर्ण खेल र एसिया कप छनोट खेल्दा उनी टोलीमा थिइनन् ।
पुनमको मुटुको समस्या भने गत वर्ष भदौमा दशरथ रंगशालामा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको केहि अघि मात्र थाहा भएको थियो । सावित्रालाई २०७७ को फागुनमा लिग खेल्दा घुँडामा गम्भिर चोट लागेको थियो ।
असारमा कतार पुगेर शल्यक्रिया गरेर झण्डै सात महिनापछि उनी स्वदेश फर्केकी थिइन् । फर्केपछि उनले महिला लिग र भारत पुगेर गोकुलमका लागि केरेला लिगमा एक खेल खेलेर फर्केकी थिइन् । पुनम पनि मुटुको शल्यक्रियापछि ठिक भएर फर्केकी थिइन् । गत वर्ष असोजमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेलेका ६ खेलाडी यसपटक छैनन् । कप्तान रेनुका नगरकोटेसहित पुजा राना, रजनी थोकर, सविता राना मगर र सिर्जना सिंह ठकुरी यसपटक टोलीमा परेका छैनन् । रेनुका प्रशिक्षणकै दौरान घाइते भएकी थिइन् ।
दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने च्याम्पियनसिप भदौ २१ गतेबाट असोज ३ गते सम्म हुनेछ । नेपालले पहिलो खेल भुटानसँग पहिलो दिन खेल्नेछ । त्यसपछि श्रीलंकासँग दोस्रो खेल भदौ २७ गते खेल्नेछ । समूह एमा साविक विजेता भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।
फिफाले शुक्रबार निलम्बन फुकुवा गरेसँगै भारतको पनि साफ च्याम्पियनसिप खेल्ने बाटो खुलेको छ । यद्दपी यस विषयमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आधिकारिक निर्णय भने आउन बाँकी छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । पछिल्लो पटक विराटनगरमा आयोजित च्याम्पियनसिपको फाइनलमा भारतले नेपाललाई हराएको थियो ।
साफ च्याम्पियनसिपका लागि नेपाली टोली
गोलकिपर– एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
रक्षक– हिराकुमारी भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घा मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विके
मिडफिल्ड– विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्ड– अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]