default_image

2 years ago

August 26, 2022

दीपाको ह्याट्रिकमा डन बस्कोको सानदार जित

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला खेलाडी दीपा न्यौपानेको ह्याट्रिक मद्दतमा डन बस्को फुटबल एकेडेमीले केरला महिला लिगमा सानदार जित दर्ता गरेको छ ।

महाराजा कलेज ग्राउन्डमा शुक्रबार भएको खेलमा डन बस्कोले एसबी एफए पुवरमाथि ६–० को फराकिलो जित निकाल्न सफल भएको हो । रेश्मा पीले दुई तथा पुष्पा परावले एक गोल गरिन् । डन बस्कोले पहिलो र दोस्रो हाफमा समान तीन गोल गर्दै सहज जित निकाल्न सफल भयो ।

खेलको १४औं मिनेटमा रेश्माको गोलबाट डन बस्कोले सुरुवाती अग्रता लिन सफल भयो । २१औं मिनेटमा रेश्माले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन् । २२औं मिनेटमा दीपाले गोल गरेपछि डन बस्को पहिलो हाफमा ३–० ले अघि बढ्यो ।

४८औं मिनेटमा पुष्पाले गोल गर्दै टोलीलाई ४–० को अघि बढाइन् । त्यसपछि दीपाले ७७औं र ८०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि डन बस्कोले लगातार जित निकाल्न सफल भयो ।

दीपाको तेस्रो खेलमा यो लगातार दोस्रो ह्याट्रिक हो । हो । उनले कथानन्द राजा एफएविरुद्ध ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । दीपाले तीन खेल खेल्दा ९ गोल गरिसकेकी छिन् ।

डन बस्कोको यो चौथो खेलमा तेस्रो जित हो । डन बस्को पहिलो खेलमा लड्स एफएसँग १२–२ ले पराजित भएको थियो । त्यसपछि डन बस्कोले इमिरेट्स एससी र कथानन्द राजा एफएलाई पराजित गरेको हो । तेस्रो जितसँगै डन बस्को ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेकोे छ । पराजित एसबी एफए पुवर दुई खेल खेल्दा अंकविहीन हुँदै नवौं स्थानमा छ ।

केरला फुटबल एसोसिएसनको आयोजनमा गत २०१४–१५ को सिजनदेखि शुरु भएको केरला महिला लिगमा १० टोलीको सहभागिता रहेको छ । यसमा च्याम्पियन हुने टोली आइ लिगमा छनोट हुनेछ । गत वर्ष गोकुलम केरला एफसी च्याम्पियन हुँदै आइ लिगमा छनोट हुन सफल भएको थियो ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.