default_image

2 years ago

August 26, 2022

स्वीडिस फरवार्ड न्यूक्यासलमा अनुबन्धित

183 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब न्यूक्यासल युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडका स्वीडिस फरवार्ड एलेक्साण्डर इसाकलाई क्लबको कीर्तिमानी मुल्यमा अनुबन्ध गरेको छ ।

२२ वर्षीय युवा फरवार्ड इसाकलाई न्यूक्यासलले ६० मिलियन पाउन्डमा लामो समयसम्मको लागि क्लबमा आबद्ध गर्न सफल भएको हो । योसँगै उनी क्लबको सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

न्युक्यासलको सन् २०१९ मा जर्मन क्लब होफेनहाइनबाट ब्राजिली फरवार्ड–मिडफिल्डर जोलिन्टनका लागि ४० मिलियन पाउण्ड खर्चिएको थियो । जुन क्लबले खर्चिएको कीर्तिमानी रकम थियो ।

क्लबले गत जनवरीमा ब्राजिलियन मिडफिल्डर ब्रुनो गुइमारेसका लागि ३५ मिलियन र प्लस एड–अनहरू पनि भुक्तान गरेपनि न्यूक्यासलका लागि इसाकको हस्ताक्षर महत्वपूर्ण हुनेछ ।

न्यूक्यासलमा अनुबन्ध भएसँगै इसाकले यो आफ्नो लागि ठुलो निर्णयक भएको र यो निर्णयमा आँफु खुशी रहेको बताएका छन् । ‘यो एक महान ऐतिहासिक क्लब हो । म क्लबको परियोजनामा विश्वास गर्छु । म न्यूक्यासलको हिस्सा बन्न चहान्छु ।’ इसाकले भने ।

न्यूक्यासलका मालिकले गत अक्टोबरमा क्लबको जिम्मा लिएपछि क्लब ट्रान्सफर बजारमा निकै सक्रिय बनेको छ । इसाकअघि न्यूक्यासलले यस समरमा म्याट टारगेट, स्वेन बोटम्यान र निक पोपलाई अनुबन्ध गरेको छ ।

जर्मन क्लब बोरुसिया डर्टमुन्डका पूर्व खेलाडी इसाकले सोसिडाडका लागि १३२ खेलमा ४४ र आफ्नो देशका लागि ३७ खेलमा ९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले यो सिजन रियल सोसिडाडका लागि दुई खेल खेल्दा एक गोल गरिसकेका छन् ।

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.