default_image

2 years ago

August 26, 2022

इसाकमा न्यूक्यासलको नजर

163 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब न्यूक्यासल युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडका फरवार्ड एलेक्साण्डर इसाकलाई क्लबको कीर्तिमानी मुल्यमा अनुबन्ध गर्ने तयारी गरेको छ ।

स्वीडेनका २२ वर्षीय इसाकका लागि न्यूक्यासलले ६० मिलियन पाउन्ड खर्चने तयारी गरेको हो । न्यूक्यासलमा आबद्ध भए उनी क्लबको सबैभन्दा महँगा खेलाडी बन्नेछन् ।

न्युक्यासलको सन् २०१९ मा जर्मन क्लब होफेनहाइनबाट ब्राजिली फरवार्ड–मिडफिल्डर जोलिन्टनका लागि ४० मिलियन पाउण्ड खर्चिएको थियो । जुन क्लबले खर्चिएको कीर्तिमानी रकम हो ।

क्लबले गत जनवरीमा ब्राजिलियन मिडफिल्डर ब्रुनो गुइमारेसका लागि ३५ मिलियन र प्लस एड–अनहरू पनि भुक्तान गरेपनि न्यूक्यासलका लागि इसाकको हस्ताक्षर महत्वपूर्ण हुनेछ ।

न्यूक्यासलका मालिकले गत अक्टोबरमा क्लबको जिम्मा लिएपछि क्लब ट्रान्सफर बजारमा निकै सक्रिय बनेको छ । इसाकको हस्ताक्षरले यस समरमा म्याट टारगेट, स्वेन बोटम्यान र निक पोपलाई साइन गरिसकेपछि न्यूक्यासलको खर्च दोब्बर हुनेछ ।

अक्टोबर २०२१ मा नयाँ मालिकहरूले क्लबको जिम्मा लिएपछि क्लबले खेलाडी अनुबन्धमा २ सय मिलियन पाउन्ड खर्च गरिसकेको छ ।

जर्मन क्लब बोरुसिया डर्टमुन्डका पूर्व खेलाडी इसाकले सोसिडाडका लागि १३२ खेलमा ४४ र आफ्नो देशका लागि ३७ खेलमा ९ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

Success

Thank you for your time.