default_image

3 years ago

August 26, 2022

बेन्जेमा युइएफए वर्ष खेलाडी

333 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा युइएफए वर्ष खेलाडी घोषित भएका छन् । बेन्जेमाले क्लबका सहकर्मी तथा बेल्जिन गोलरक्षक थिवाउट कोर्टुवा र म्यानचेस्टर सिटी बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी घोषित भएका हुन् ।

टर्कीको इस्तानबुलमा बिहीबार राति भएको एक समारोहमा बेन्जेमाले ५२३ अंक प्राप्त गरे । ब्रुएनाले १२२ र कोर्टुवाले ११८ अंक प्राप्त गरे । रोबर्ट लेवान्डोस्कीले ५४, लुका मोड्रिचले ५२, साडियो मानेले ५१, मोहम्मद सलाहले ४६, केलियन एमबाप्पेले २५, भिनिसियस जुनियरले २१ र भर्जिल भान डाइकले १९ अंक प्राप्त गर्दै शीर्ष १० मा रहे ।

आफ्नो करिअरको उत्कृष्ट सिजन बिताउने क्रममा बेन्जेमाले गत सिजन रियलका लागि ४६ खेलमा ४४ गोल गर्न सफल भएका थिए । उनले ला लिगामा २७, स्पेनिस सुपर कोपामा दुई र च्याम्पियन्स लिगमा १५ गोल गर्न सफल भएका थिए ।

बेन्जेमाले रियल म्याड्रिडलाई १४औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भुमिका निभाएका थिए । गत वर्षदेखि नै फ्रान्सको टोलीमा फर्किएका बेन्जेमाले फ्रान्सका लागि १० खेलमा ६ गोल गर्न सफल भएका थिए ।

‘म साँच्चै खुशी छु । मैले यो ट्रफी जितेको पहिलो पटक हो तर मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा टोलीसँग ट्रफी जित्नु हो । प्रशिक्षक कार्लाे एन्सेलोटी उत्कृष्ट प्रशिक्षक हुन् । उहाँले हरेक खेलाडीसँग कुरा गर्नुहुन्छ । उहाँले हामीलाई आत्मविश्वास दिन्छ र हरेक खेल असघ के गर्ने भनेर बताउँछ ।’ उत्कृष्ट खेलाडी बनेपछि बेन्जेमाले भने ।

रियल म्याड्रिडलाई कीर्तिमानी १४औं उपाधि जिताउन सफल भएका बेन्जेमा २०२१–२२ को युइएफए च्याम्पियन्स लिग प्लेयर अफ दि सिजनमा समेत पर्न सफल भएका थिए । सन् २००९ मा लियोनबाट रियलमा सामेल भएपछि उनी पाँचौपटक युइएफए प्लेयर अफ दि सिजनमा पर्न सफल भएका थिए ।

बेन्जेमाले गत सिजन च्याम्पियन्स लिगको १५ मध्ये १० गोल नकआउट चरणमा गर्न सफल भएका थिए । ३४ वर्षीय बेन्जेमाले च्याम्पियन्स लिगको नकआउट चरणमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र चेल्सीविरुद्ध लगातार ह्याट्रिक पूरा गरेका थिए ।

बेन्जेमाले गत सिजन च्याम्पियन्स लिगको १२ खेलमा १५ गोलसँगै एक असिस्ट प्रदान गर्दा चारपटक प्लेयर अफ दि म्याच अवार्ड जित्न सफल भएका थिए । घरेलु लिगको ३२ खेलमा २७ गोल गरेका उनले १२ असिस्ट प्रदान गरे ।

उनले गत सिजन रियलबाट च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र स्पेनिस सुपर कप जितेका बेन्जेमाले फ्रान्सबाट युइएफए नेसन्स लिग जित्न सफल भएका थिए । व्यक्तिगततर्फ उनी युइएफए प्लेयर अफ दि सिजनसमेत बन्न सफल भएका थिए ।

यस्तै बेन्जेमा एकै सिजनमा च्याम्पियन्स लिग र युइएफए नेसन्स लिग र युइएफए वर्ष खेलाडी जित्ने खेलाडी बनेका छन् । यसअघि इटाली तथा चेल्सीका जर्गिन्होले यस्तो सफलता हात पारेको थियो ।

२०२० मा इंग्लिस क्लब चेल्सीका जर्गिन्हो उत्कृष्ट खेलाडी बनेका थिए । सन् २०१९–२० को सिजनमा रोबर्ट लेवान्डोस्की, २०१८–१९ मा भर्जिल भान डाइक, २०१७–१८ मा लुका मोड्रिच, २०१६–१७ मा क्रिस्टियानो रोनाल्डो, २०१४–१५ मा लियोनेल मेस्सी, २०१२–१३ मा फ्रान्क रिवेरी र २०११–१२ मा आन्द्रेस इनिएस्टा उत्कृष्ट खेलाडी बनेका थिए ।

खेलाडी छनोट प्रक्रियामा च्याम्पियन्स लिग, युरोपा लिग र कन्फरेन्स लिगको समूह चरणमा भाग लिने क्लबहरु र युरोपेली खेलकुद मिडियाद्धारा चयन गरिएका पत्रकारहरुको प्यानल समावेश गर्ने निर्णायक मन्डलले गरेको थियो ।

जुरी सदस्यहरुले आफ्नो शीर्ष तीन खेलाडीहरु छनोट गरे । पहिलोले ५, दोस्रोले ३ र तेस्रोले एक अंक प्रदान गरिने प्रावधान छ । प्रशिक्षकले आफ्नै टोलीका खेलाडीलाई भोट गर्न अनुमति थिएन ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.