2 years ago
August 25, 2022
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग २०२२-२३ अन्तर्गत समूह चरणको ड्र आज सम्पन्न हुँदैछ । टर्कीको इस्तानबुलमा हुने ड्र नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।
घरेलु लिगको स्थानकै आधारमा २६ टोली र प्लेअफबाट ६ टोली गरी ३२ टोलीले समूह चरणमा स्थान पक्का गरिसकेका छन् । छनोट भएका सबै टोलीलाई ४ पटमा विभाजन गरिनेछ । त्यसपछि हरेक पटका १-१ टोली छनोट गरेर ८ समूह छनोट हुनेछ ।
समूह चरण छिनोफानोका लागि ४ पट रहने टोलीको छिनोफानो भइसकेको छ । च्याम्पियन्स लिग र युरोपा लिगको उपाधि विजेतासँगै युरोपको शीर्ष ६ लिगको विजेताले पट १ मा स्थान बनाउनेछन् । रियल म्याड्रिड, आइन्ट्राक्ट फ्रान्कफर्ट, म्यानचेस्टर सिटी, एसी मिलान, बायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन, पोर्टो र आयाक्स पट १ मा छन् । यी सबै टोली ८ फरक समूहमा रहनेछन् ।
त्यसपछिका ३ पटको छिनोफानो क्लब वरीयताको आधारमा भएको हो । दोस्रो पटमा लिभरपुल, चेल्सी, बार्सिलोना, युभेन्टस, एटलेटिको म्याड्रिड, सेभिया, आरबी लाइप्जिग र टोटेनहम हट्सपर रहेका छन् ।
तेस्रो पटमा बोरुसिया डर्टमुन्ड, साल्जबर्ग, शाख्तर डोनेस्क, इन्टर, नापोली, बेन्फिका, स्पोर्टिङ लिस्बन र बायर लेभरकुसन रहेका छन् । पट ४ मा रेन्जर्स, डिनामो जाग्रेब, मार्से, कोपनहेगन, क्लब ब्रुगा, सेल्टिक, भिक्टोरिया प्लेजन र मक्कबी हाइफा रहेका छन् ।
समूह चरणको हरेक समूहमा हरेक पटबाट १-१ टोली छानिनेछ । कुनैपनि देशको दुई टोली एकै समूहमा रहने छैनन् । समूह चरणका खेल यसपटक नोभेम्बर पहिलो सातामा सकिनेछ । विश्वकप भएका कारण नकआउट चरणको खेल भने २०२३ मा हुनेछ ।
पट छिनोफानो यस्तो छ :
पट १ : रियल म्याड्रिड, आइन्ट्राक्ट फ्रान्कफर्ट, म्यानचेस्टर सिटी, एसी मिलान, बायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन, पोर्टो र आयाक्स
पट २ : लिभरपुल, चेल्सी, बार्सिलोना, युभेन्टस, एटलेटिको म्याड्रिड, सेभिया, आरबी लाइप्जिग र टोटेनहम हट्सपर
पट ३ : बोरुसिया डर्टमुन्ड, साल्जबर्ग, शाख्तर डोनेस्क, इन्टर, नापोली, बेन्फिका, स्पोर्टिङ लिस्बन र बायर लेभरकुसन
पट ४ : रेन्जर्स, डिनामो जाग्रेब, मार्से, कोपनहेगन, क्लब ब्रुगा, सेल्टिक, भिक्टोरिया प्लेजन र मक्कबी हाइफा
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]