default_image

2 years ago

August 24, 2022

किरण राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा सामेल

242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ अर्को महिना दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा सामेल भएका छन् ।

व्यवसायिक फुटबलका लागि माल्दिभ्समा रहेका किरण सोमबार स्वदेश फर्केका थिए । उनी मंगलबारबाट टोलीको प्रशिक्षणमा सामेल भएपनि नेपाली सेनाको लगनखेलस्थित मैदानमा औपचारिक रुपमा भने बुधबारबाट अभ्यासमा सामेल भएका छन् । प्रशिक्षणका लागि ४० खेलाडी डाकिएका छन् । रोहित चन्द, मनीष डाँगी र देवेन्द्र तामाङबाहेक सबै प्रशिक्षणमा सामेल भइसकेका छन् । व्यवसायिक फुटबलका लागि रोहित इन्डोनेसिया र मनीष बहराइनमा छन् ।

यसअघि जेठमा भएको एसियन कप छनोटमा भने किरण टोलीमा थिएनन् । मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँग विवादपछि १० खेलाडीले प्रशिक्षण छाड्नु परेपछि किरणले उनीहरुलाई साथ दिने समाजिक सञ्जालमार्फत जनाएका थिए । त्यहि कारण उनलाई अल्मुताइरीले टोलीमा सामेल गराएका थिएनन् ।

किरण भदौ १५ गते प्रेमिका कन्चन निरौलासँग वैवाधिक बन्धनमा बाँधिने तयारी छन् । माजिया स्पोर्टस् एण्ड रिक्रिएसन सेन्टरबाट खेल्दै माल्दिभ्सको धिवेही प्रिमियर लिग जितेको खुसीयाली मनाउने क्रममा साउन १७ गते किरणले कन्चनलाई विवाहको प्रस्ताव राख्दै औंठी लगाइदिएका थिए ।

किरणले सामाजिक संजालमार्फत उक्त क्षणको भिडियो पनि सार्वजनिक गरेका छन् । पेशाले विमान परिचारिका रहेकी कन्चनसँगै किरणकी आमा पनि माल्दिभ्स पुगेकी थिइन् । लिग जितेपछि किरण र कन्चनलेसँगै माल्दिभ्समा छुट्टी मनाएको दुवैले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेका थिए । कन्चनले ब्याचलर्स पार्टी मनाएको भिडियो सोमबार टिक टकमा अपलोड गरेकी थिइन् ।

माजियाले आइतबार एफए कप जित्दा भने किरण खेलेनन् । उनी त्यसै दिन भारतीय (आई) लिग क्लब राउन्ड ग्लास पन्जाब एफसीमा आबद्ध भएका थिए । किरणले आफ्नो टोली माजियालाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए । माल्दिभ्समा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो लिग उपाधि जितेको छ ।

नेपाली टोली र बंगलादेशबीच असोज ११ गते मैत्रीपूर्ण खेल हुँदैछ । अखिल नेपाल फुटबल संघले मुख्य प्रशिक्षक अल्मुताइरीलाई यथास्थितिमा राख्दै मैत्रीपूर्ण खेलको कार्यवहाक मुख्य प्रशिक्षकका लागि नेपाली मुलका अमेरिकी नागरिक प्रदीप हुमागाईंलाई बोलाएको छ ।

राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बोलाईका ४० खेलाडी

गोलरक्षक– किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर – अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ

मिडफिल्डर – संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्ड– विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास

December 17, 2024

फाल्गुनन्द गोल्डकप- उद्घाटन खेल आयोजक‌ र करसाङबीच हुने

दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

Success

Thank you for your time.