2 years ago
August 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि प्रारम्भिक चरणमा २५ सदस्यीय टोली घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक मेघराज केसीले बुधबार २५ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा लगातार प्रशिक्षण गरिरहेको छ ।
२५ सदस्यीय टोलीमा अघिल्लो महिना भारतमा भएको साफ यू–२० च्याम्पियनसिपको टोलीमा रहेका केही खेलाडी बाहिरिदा केही नयाँ खेलाडीले मौका पाएका छन् ।
साफ यू–२० को अन्तिम टोलीमा रहेका सोनित दाहाल, आयुष श्रेष्ठ, रोशन थापा, मोहित गुरुङ र रोहित सुब्बाले टोलीमा स्थान बनाउन सकेनन् । टोप बहादुर राना, जान ताम्ली, शेखर खवास, स्यान्सु भुषाल र राज थोकर राकेश विश्वकर्मा र सन्जीव लामा टोलीमा थपिएका छन् ।
सेप्टेम्वर १० देखि १८ सम्म हुने छनोटमा नेपालले कतार, बहराइन, बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले १० सेप्टेम्वरमा भुटानसँग खेल्दै यू–२० एसियन कप छनोटको सुरुवात गर्नेछ । त्यसपछि नेपालले १२ सेप्टेम्वरमा कतार, १४ सेप्टेम्वरमा बहराइन र १८ सेप्टेम्वरमा बंगलादेशसँग खेल्ने तालिका छ ।
२५ सदस्यीय नेपाली टोली
गोलकिपर – ईश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख र टोप बहादुर राना
डिफेन्डर – अमर श्रेष्ठ अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन धानी, अभिषेक वाइवा, जान ताम्ली, शेखर खवास, स्यान्सु भुषाल र राज थोकर
मिडफिल्डर – दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा र सन्जीव लामा
फरवार्ड – निराजन मल्ल र रोहन खड्गी
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]