2 years ago
August 24, 2022
एजेन्सी – युरोपेली फुटबलका शीर्ष लिगहरु सुरु भइसकेका छन् । अधिकांश लिगमा टोलीले सुरुवाती ३ खेल खेलिसकेको अवस्था छ । तर यसका बाबजुद बार्सिलोना र म्यानचेस्टर सिटी सिजन सुरु भइसकेपछि पनि मैत्रीपूर्ण खेल खेल्दैछन् ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा आज हुने खेल नेपाली समयअनुसार मध्यरात १:१५ बजे सुरु हुनेछ । खेलका लागि सिटीको टोली बार्सिलोना पुगेर दुई दिन प्रशिक्षण गरिसकेको छ । प्रशिक्षक पेप गुआर्डिअोलाले यस खेलका लागि आफूले सिनियर टोलीकै खेलाडी उतार्ने वाचा गरिसकेका छन् ।
यता बार्सिलोनाले पनि सिनियर टोलीका खेलाडी नै उतार्नेछ । मैत्रीपूर्ण खेल भएकाले टोलीले चाहेजति खेलाडी परिवर्तन गर्न पाउँछन् । दुवै टोलीले यसपटक लिगमा खास अवसर नपाएका खेलाडीलाई धेरै समय दिने सम्भावना छ । चोटको जोखिम नहोस् भनेर निरन्तर खेलाडी परिवर्तन हुन सक्छ ।
सिजनको बिचमा मैत्रीपूर्ण खेल आयोजना गर्नुको कारण भने फरक रहेको छ । नशासम्बन्धि घातक रोग एम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस (एएलएस) बारे सचेतना जगाउन खेल आयोजना गरिएको हो । यस खेलबाट संकलित रकम लुजोन फाउन्डेसनमा पनि दिइनेछ ।
यसबाहेक खेलमा पूर्व स्पेनिस तथा बार्सिलोना गोलरक्षक जोआन कार्लोस उन्जुएका लागि सहयोग रकम संकलन गरिनेछ । उनलाई सन् २०२० मा एएलएस देखिएको थियो । उनी पेप बार्सिलोना प्रशिक्षक रहँदा गोलरक्षक प्रशिक्षक पनि रहेका थिए ।
December 19, 2024
हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]