3 years ago
August 24, 2022
एजेन्सी – नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसीले इण्डोनेसियाको शिर्ष लिगमा लगातार चौथो हार बेहोरेको छ ।
मंगलबार पिएसएस स्लेमनसँग २–० ले निराश बन्न पुगेपछि पेर्सिकले ६ खेल खेल्दा लगातार चौथो तथा समग्रमा पाँचौ हार बेहोरेको हो । एक खेलमा बराबरीको नतिजा निकाल्दा रोहितले नयाँ टोलीबाट जितको स्वाद भने चाख्न पाएको छैन ।
लगातार टोलीको पहिलो रोजाईमा खेलिरहेका रोहितले टोलीको निराशाजनक प्रदर्शनलाई भने सुधार्न सकेका छैनन् । ६ खेलबाट १ अंक मात्र जोडेको केडिरी लिग तालिकाको पुछारमा छ ।
१५ अंक जोडेको बोर्नियो लिगको शिर्ष स्थानमा छ । पिएसएस स्लेमन ८ अंक जोडेर आठौं स्थानमा छ । लिग अन्तरगत केडिरीले शनिबार बाली युनाइटेडसँग खेल्नेछ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]