3 years ago
August 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् ।
माजिया स्पोर्टस् एण्ड रिक्रिएसन सेन्टरबाट खेल्दै माल्दिभ्सको धिवेही प्रिमियर लिग जितेको खुसीयाली मनाउने क्रममा साउन १७ गते किरणले प्रेमिका कन्चन निरौलालाई विवाहको प्रस्ताव राख्दै औंठी लगाइदिएका थिए ।
किरणले सामाजिक संजालमार्फत उक्त क्षणको भिडियो पनि सार्वजनिक गरेका छन् । पेशाले विमान परिचारिका रहेकी कन्चनसँगै किरणकी आमा पनि माल्दिभ्स पुगेकी थिइन् । किरण र कन्चन अर्को साता विवाह बन्धनमा बाँधिने तयारीमा रहेको उनका नजिकका एक मित्रले जानकारी दिएका छन् । यद्दपी किरणले यस विषयमा केहि बताएका छैनन् । किरण मंगलबार बिहान स्वदेश आइपुगिसकेका छन् ।
लिग जितेपछि किरण र कन्चनलेसँगै माल्दिभ्समा छुट्टी मनाएको दुवैले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेका थिए । कन्चनले ब्याचलर्स पार्टी मनाएको भिडियो सोमबार टिक टकमा अपलोड गरेकी थिइन् ।
@kanchan_niraula #nepaisong__tiktok__nepal #kanchan✈️ @sucilamagar7 @samrigya @babitathapa @ramuna_karki #bridetobe #frouyoupage #goviral #tiktok ♬ Kaala Chasma Viral Trending Song – Kinston
माजियाले आइतबार एफए कप जित्दा भने किरण खेलेनन् । उनी त्यसै दिन भारतीय (आई) लिग क्लब राउन्ड ग्लास पन्जाब एफसीमा आबद्ध भएका थिए ।
किरणले आफ्नो टोली माजियालाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए । माल्दिभ्समा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो लिग उपाधि जितेको छ ।
मायिजाले लगातार तेस्रो सिजन उपाधि जित्दै लिगमा ह्याट्रिक गर्ने क्रममा २१ मध्ये २० खेलमा जित हासिल गर्यो । एक खेलमा पराजित भएको थियो । बंगलादेशविरुद्ध असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि किरणसहित ४० खेलाडी प्रशिक्षणमा समावेश छन् ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]