default_image

2 years ago

August 21, 2022

रियल म्याड्रिडको सानदार जित

330 views

0 Bookmark

एजेन्सी – साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । रियलले सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित दर्ता गरेको हो ।

सेल्टाको मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका इयागो आसपासले एक गोल फर्काए ।

एवान्का बालाइडोस भिगोमा शनिबार राति भएको खेलको १४औं मिनेटमा कप्तान बेन्जेमाको पेनाल्टी गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो । रेनाटो तापियाले पेनाल्टी बक्सभित्र ह्यान्ड गर्न पुगेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा बेन्जेमा चुकेनन् ।

२३औं मिनेटम इयागोले पेनाल्टीमार्फत नै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इडर मिलिसाओले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले सेल्टालाई पेनाल्टी प्रदान गर्दा आसपास चुकेनन् ।

४१औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । उनले डेभिड अलाबाको पासमा गोल गर्न सफल भएका थिए । ५६औं मिनेटमा भिनिसियसले मोड्रिचकै पासमा गोल गरेपछि रियल सहज जिततर्फ अग्रसर बन्यो ।

६६औं मिनेटमा फेडे भाल्भेर्डेले भिनिसियसको पासमा गोल गरेपछि रियल खेलमा ४–१ ले अघि बढ्यो । ८७औं मिनेटमा रियलले अर्काे पेनाल्टी प्राप्त गरेपनि परिवर्तित खेलाडी इडेन हाजार्डले गोल गर्न सकेनन् ।

ह्युगो मालोले पेनाल्टी बक्समा बेन्जेमालाई फउल गरेपछि रेफ्रीले रियललाई पेनालटी प्रदान गर्दा ८३औं मिनेटमा भिनिसियसको स्थानमा मैदान छिरेका हाजार्डले गोल गर्न सकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।

यस खेलमा ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा जाने भएपछि उनलाई टोलीमा समेटिएको थिएन । सेल्टाविरुद्ध प्रशिक्षक कार्लाे एन्सेलोटीले फान्सेली युवा मिडफिल्डर ओरेलिएन चुआमेनीलाई मौका दिएको थियो । उनले आफ्नो भुमिकामा राम्रो छाप छोड्न सफल भए ।

लगातार दोस्रो जितसँगै रियल ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक नै रहेपनि रियल बेटिस र ओसासुना गोलअन्तरमा पछि छ । पराजित सेल्टा १ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

अन्य नतिजा
ओसासुना
विरुद्ध क्याडिज (–०) र मलोर्काविरुद्ध रियल बेटिस (१–)

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

Success

Thank you for your time.